• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण : पुर्वमन्त्री जनार्दन शर्मा प्रभाकर

image not found

२९ फागुन/काठमाण्डौं

पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले संघियता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको वताउनुभएको छ । आज काठमाण्डौंमा आयोजित साँसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले संघियता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गर्नुभयो । अझै पनि संघियता सफल हुन्छ कि हुन्न भन्ने मान्छेहरु भएको वताउदै पुर्वमन्त्री प्रभाकरले संघियताको कार्यान्वयनमा दृढताका साथ लाग्नुपर्ने वताउनुभयो । कर्णाली प्रदेशका जनताले संघियता र गणतन्त्र निर्माणका लागि सवैभन्दा ठुलो त्याग र वलिदान गरेका कारण संघियता कार्यान्वयनको नेतृत्व लिन पनि कर्णाली प्रदेशलाई सहज हुने उहाँको भनाई छ । 

कर्णाली प्रदेशमा जस्तो सुकै अभाव र कठीनाई भोग्न सक्ने तथा राजनीतिक रुपमा सचेत श्रमशील जनताको साथ रहेको भन्दै समृद्धिको योजना कार्यान्वयन गर्न सजिलो रहेको पुर्वमन्त्री शर्माले वताउनुभयो । उहाँले कर्णालीको समृद्धिको लागि पानी, पर्यटन र जडिवुटी नै प्रर्याप्त रहेको  वताउनुभयो । त्यसका लागि कुशल नेतृत्वको आवश्यकता रहेको वताउदै जनप्रतिनिधिहरुले त्यो भुमिका पुरा गर्नुपर्ने उहाँले वताउनुभयो । 

परिचयात्मक कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिका लागि आफुहरु गैटी वेल्चा वोक्नुपर्ने तयार रहेको वताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई क्षतिपुर्ती सहीतको वजेट आवश्यक रहेको वताउदै त्यसका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साँसदहरु खरो रुपमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसैगरी नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका मुख्य नेता यमलाल कँडेलले तत्काल कर्णाली प्रदेशका लागि राजश्व संकलन तथा आम्दानीका अन्य श्रोत न्युन रहेको भन्दै केन्द्र सरकारले वजेट विनियोजनमा विशेष ध्यान दिनुपर्ने वताउनुभयो । 

कर्णाली प्रदेशवाट प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने साँसदहरु विच पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले आज नयाँ वानेश्वरको अल्फाविटा रेष्टुरेण्टमा परिचयात्मक कार्यक्रमको आयोजना गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख तथा कर्णाली प्रदेशवाट प्रतिनिधित्व गर्ने वामगठवन्धनका साँसदहरुको सहभागिता रहेको थियो ।