• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्थानिय तहका न्यायिक समितिको लागि तालिम संचालन

image not found

परिचन्द्र खत्री

२६ फागुन/रुकुम (पश्चिम)

 

रुकुम(पश्चिम)को मुसिकोटमा जिल्ला स्थित नगरपालिका तथा गाउँपालिकाका न्यायिक समिति पदाअधिकारीहरुको लागि २ दिने कानुन सम्बन्धि अभिमुखिकरण तालिम सुरु भएको छ । जिल्लाका ३ नगरपालिका तथा ३ गाउँपालिकाको आयोजना र जिल्ला समन्वय समिति रुकुम पश्चिमको संयोजनमा तालिम संचालन गरिएको छ ।

 

स्थानिय तहमा रहेका न्यायिक समितिहरुको कामकाजमा सहजता ल्याउने उदेश्यले अभिमुखिकरण तालिमको आयोजना गरिएको बताईएको छ । स्थानिय तहका न्यायिक समिति कानुनि रुपमा दक्ष नभएकोले तालिम संचालन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

 

तालिम उद्धघाटन कार्यक्रमा वोल्दै प्रदेश सभा सासंद गोपाल शर्माले जनसरकारले ल्याएको कानुनको अबधारणालाई लागु गर्ने बेला आएको बताउनु भएको छ । त्यस्तै शर्माले न्याय सम्पादन गर्ने क्रममा स्थानिय सरकारले पिडितहरुको मनोभावनालाई सम्वोधन गर्ने गरि काम गर्न अनुरोध समेत गर्नुभयो ।

 

तालिममा सहभागीहरुलाई स्थानिय तहमा कस्ता मुद्धाको हेरफेर गर्ने, स्थानिय तहमा हेर्न नमिल्ने मुद्धालाई कहाँ पठाउने लगाएत बिषयमा बरिष्ठ अधिबक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनु हुने छ । भोली सकिने तालिममा रुकुम(पश्चिम)का ६ वटै स्थानिय तहका न्यायिक समितिका पदाअधिकारीको सहभागि रहेको छ । 

 

जिल्ला समन्वय समितिकी उपप्रमुख ईन्दिरा बुढाको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा बरिष्ठ अधिबक्ता मुक्ति प्रधानको प्रमुख आतिथ्यता र कर्णाली प्रदेशका सांसद गोपाल शर्माको बिषेश आतिथ्यता रहेको थियो ।

 

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन, विभिन्न कार्यालय प्रमुख, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।

 

जिल्ला समन्वय समिति सदस्य टेक बहादुर ओलिको स्वागत मन्तव्य बाट सुरु भएको तालिम उद्धघान कार्यक्रमको संचालन मादव प्रसाद शर्माले गर्नु भएको थियो ।