• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

रुकुमलाई १० बर्षमा वेरोजगार मुक्त बनाउछौ- सांसद गोपाल शर्मा

image not found

परिचन्द्र खत्री

२६ फागुन/रुकुम (पश्चिम)

 

कर्णाली प्रदेश सभा सांसद गोपाल शर्माले रुकुमलाई अबको १० वर्ष भित्रै बेरोजगार मुक्त जिल्लाको रुपमा चिनाउने बताउनु भएको छ । अहिलेको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको वेरोजगारीलाई हटाउनको लागि आफुहरु लागि परेको उहाँले बताउनुभयो । 

 

प्रेस सेन्टर रुकुमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउनु भएको हो । उत्पादनको बृद्धि गर्ने र ठुला परियोजनामा जनताको श्रम र वित्तिय शेयर लगानि गरेर वेरोजगारीको समस्या सामाधान गर्न सकिने उहाँको भनाई छ । 

 

युवाहरुको लागि सिप मुलक तालिम संचालन गर्ने र प्रादेशिक सरकारको तर्फवाट अनुदान तथा ऋणको व्यवस्था गरि स्वरोजगार कार्यक्रम संचालन गरेर पनि वेरोजगारीको समस्या सामाधान गर्न स्थानिय सरकारहरु लागिपरेको उहाँले बताउनु भयो । जनतालाई सहकारी र कम्पनीमा शेयर लगानीको वातावरण तयार पार्नको लागी प्रदेशमा छलफल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

 

त्यस्तै स्रोत र साधनको हिसावले कर्णाली प्रदेश नेपालकै धनि प्रदेश रहेकोले स्रोत साधनको उचित प्रयोग गरेर सम्बृद्ध प्रदेशको रुपमा स्थापित गराउने तर्फ प्रदेश सरकार लागि पर्ने शर्माले बताउनुभयो । आवश्यक कानुन नबन्दा आफुले गरेका प्रतिबद्धतालाई पुरा गर्न नसकिएको उहाँको भनाइ छ ।

 

केन्द्र सरकारले पुर्णता पाए पछि आफुहरुको लागि सम्पुर्ण अधिकार प्राप्त हुने र आफुहरु लाई काम गर्न सजिलो हुने समेत उहाँले बताउनुभयो ।