• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कृषि सहकारीलाई प्राथमिकता : मन्त्री केसी

image not found

भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले कृषि क्षेत्रमा काम गर्ने सहकारीलाई सरकारले प्राथमिकता दिने वताउनुभएको छ । सानीभेरी गाँउपालिकाको सीम्लीमा आज आयोजीत अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री केसीले सहकारीहरु समाजवादी अर्थतन्त्रको आधार भएकोले उत्पादनमुलक काममा लाग्न आग्रह गर्नुभयो । उहाँले सहकारीहरु सामुहीक लगानी, सामुहीक श्रम र सामुहीक स्वामित्वको आधारमा संचालन हुने हुद्धा समाजवादी आर्थिक व्यवस्था निर्माणमा सहकारीको भुमिका महत्वपुर्ण भुमिका हुने वताउनुभयो ।   

अनेमसंघ (क्रान्तिकारी) सानीभेरी गाँउपालिकाको आयोजनामा महिला सशक्तिकरण वहुउदेश्यीय सहकारी संस्थाको हलमा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री केसीले उत्पादनमुलक क्षेत्रमा काम गर्ने सहकारीहरुलाई सरकारले अनुदान लगायतका सुविधा प्रदान गर्ने नीति लिने प्रष्ट पानुभयो । सहकारीहरुले कृषि क्षेत्रमा उत्पादनमुलक काम गरेमात्रै आर्थिक विकास संभव हुने मन्त्री केसीको भनाई छ । 

१०८ औं अन्तराष्टिय महिला दिवसको सन्दर्भमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री केसीले कार्यकारी पदमा महिलाको सहभागिता सुनिश्चित गर्न संविधानमै वाध्यकारी व्यवस्था गर्नुपर्ने वताउनुभयो । उहाँले संविधानले वाध्यकारी व्यवस्था गरेको अवस्था वाहेक अन्य क्षेत्रमा गणतन्त्र स्थापना पछि पनि महिला सहभागिता कमजोर रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

हिजो वेलुका गृहक्षेत्र सानीभेरी गाँउपालिकाको सीम्ली आईपुग्नुभएकी मन्त्री केसीले आज दिनभर सानीभेरी गाँउपालिका स्थित सरकारी तथा गैरसरकारी निकाय तथा विभिन्न विकास आयोजनाको अनुगमण निरीक्षण गर्नुभएको थियो । उहाँले सानीभेरी गाँउपालिकाको कार्यालय, ज्ञानोदय आधारभुत विद्यालय, सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था, पसुसेवा केन्द्र, कृषि सेवा केन्द्र लगायतका निकायमा अनुगमण तथा निरीक्षण गर्नुभएको थियो ।