• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

कमल निकाल्न टेण्डर आह्वान

image not found

सानीभेरी समाचार डेस्क  

१२, फागुन ।

 

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ५ मा रहेको कमल तालको कमल निकाल्न पहिलो पटक टेण्डर आह्वान गरिएको छ । गाउँकार्यपालिका बैठकले कमल तालको कमल निकाल्न पहिलो पटक न्युनतम डेडलाखको टेण्डर आह्वान गर्ने निर्णय गरेको हो । 

 

यहि फागुन १५ गते सम्मको लागि टेण्डर आह्वान गरिएको गाउँकार्यपालिका प्रवक्ता जानकारी दिए । उक्त मितिसम्म टेण्डर हाल्ने मध्येबाट सबैभन्दा बढि मुल्य हाल्नेले कमल निकाल्ने जिम्मा पाउँने छ । 

 

टेण्डर आह्वान गर्ने भन्दै कमल तालबाट कमल निकाल्न यसअघिनै रोक लगाईएको थियो । जसका कारण यो वर्षको अहिलेसम्म कमल तालको कमल चलाईएको छैन् । अघिल्लो वर्षतिर स्थानीयले आफुखुशि कमल निकाल्ने गरेकाले यो समयसम्म कमल सकिसकिएको हुन्थ्यो । 

 

कमल निकाल्न पहिलो पटक टेण्डर आह्वान भएसंगै कमल तालको आम्दानी पहिलो पटक राज्यको मातहतमा आउँदै छ । यसअघि स्थानीयले आफुखुशि कमल निकालेर बिक्रि तथा प्रयोग गर्ने गरेका थिए । 

 

स्थानीय तह भैसकेपछि भने पहिलो पटक कमल निकाल्न टेण्डर आह्वान गर्दै कमल तालको आम्दानी राज्यको मातहतमा आउन लागेको हो । यसअघि स्थानीय निकाय हुँदाताका गाविस लगाएतका अन्य निकायले यसतर्फ ध्यान नदिदा कमल तालबाट राज्यले कुनैपनि फाईदा लिन सकेको थिएन् । 

 

आफ्ना लागि आफैले आन्तरिक श्रोतको व्यवस्था गर्नुपर्ने भएकाले कमल ताललाई आम्दानीको स्रोत बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । कमल तालबाट एक सिजनमै लाखौको आम्दानी हुने गरेको छ । स्थानीयले आफु आफु निकालेर बिक्रि गर्ने भएकाले ठ्याक्कै कति आम्दानी हुन्छ भन्ने एकिन नभएपनि लाखौंको आम्दानी हुने अनुमान गरिन्छ । 

 

कमल प्रति माना ३ देखि ५ सय सम्ममा बिक्रि हुने गरेको छ । रुकुमकोटको कमल देशका विभिन्न ठाउँमा जाने गरेको छ ।