• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम पुर्व सिस्ने गाउँपालिकामा क्षेतविक्षत अवस्थामा युवाको शव फेला

image not found

सानीभेरी समाचार डेस्क 

२३ कात्तीक,

 

रुकुम पुर्वको सिस्ने गाउ“पालिका–५, घट्टेखोलामा एक युवाको शव फेला परेको छ । भूमे गाउ“पालिका–८, का २७ बर्षीय कमल बुढा मगर मृत फेला परेको प्रहरीले जनाएको छ । परिबार भेट्न रुकुमकोट आउँदै गरेका बुढा बुधबार राती सम्म पनि नपुगेपछि परिवार तथा आफन्तले खोजतलास थालेका थिए । 

 

खोजतलासको क्रममा आफन्तले रुकुमकोटबाट घर जाने मुल बाटोको घट्टखोला किनारमा आज विहान बुढाको शव फेला पारेका हुन । मुलबाटो भन्दा करिब १ सय ५० मिटर तल खोलाको पाखातिर घा“टी, टाउको र दुवै हात काटेर क्षेत विक्षत अवस्थामा बुढाको शव फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । उनका आफन्तले बुढाको हत्या भएको दावी गरेका छन् । 

 

मृतक बुढाको साथ एउटा मोबाइल र १० हजार रुपैया“ पनि भेटिएको छ । बुढाका एक छोरी, एक छोरा र श्रीमती छन् । बुढाको शव भेटिएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा खबर गरेका थिए । 

 

अहिले प्रहरी घटना स्थल पुगेको र अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ । हत्या हो या के हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । वुढाले गाउँमा घर निर्माण गर्ने काम गर्दै आउनुभएको थियो ।