• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

भैलो खेलेको रकम आगलागि पिडितलाई

प्रचण्ड खत्री 

बाँफिकोट  

 

रुकुम पश्चिम बाँफिकोट गाउँपालीका १० का आगलागि पिडित भिमवहादुर गिरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बाँफिकोट १० ठाटि गाउँका महिलाहरुले यसवर्षको तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट आगलागी पिडित गिरीको परिवारलाई नगद ५ हजार सहयोग गरका हुन् । गिरी परिवारको आर्थिक अवस्था दयनिय रहेको र आगलागिका कारण झनै समस्या भएका कारण आर्थिक सहयोग गरिएको भैलो समुहकी धनमाया गिरीले बताउनुभयो । 

 

आर्थिक सहयोग पाएपछि गिरीको परिवारले खुशि व्यक्त गरेको छ । दुःखको घडिमा आर्थिक सहयोग गर्ने महिला समुहलाई उक्त परिवारले धन्यवाद व्यक्त गरेको छ । गिरीको घरमा गत असोज ३० गते आगलागि भएको थियो । आगलागिबाट घरमा रहेका अन्न पात, लत्ता कपडा, भाडाकुँडा लगाएतका सामाग्री नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको थियो । अहिले गिरीको परिवार घरको आँगनमा पाल टाँगेर बसिरहेको छ ।