• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

फोटो खिच्दा सानीभेरीकर्मी ओलीलाई ज्यान मार्ने धम्की

image not found

सानीभेरी समाचार डेस्क । 

 

जिपको छतमा यात्रु राखेको फोटो खिचेको भन्दै सानीभेरीकर्मी नारायण ओलीलाई ज्यान मार्ने धम्कि आएको छ । आफ्नो गाडिको फोटो खिचेको भन्दै सानीभेरी गाउँपालीका ९ सिम्लीका चक्र केसीले रेडियो सानीभेरीकर्मी ओलीलाई धरपकड गर्नुका साथै ज्यानै मार्ने धम्कि दिएका हुन् । ओली नेपाल पत्रकार महासंघ रुकुमका सदस्य तथा प्रेस सेन्टर नेपाल रुकुमका कोषाध्यक्ष समेत हुनुहुन्छ । 

 

पत्रकार ओलीमाथि ज्यान मार्ने धम्किप्रति प्रेस सेन्टर नेपाल रुकुमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै संगठनले घटनाको भत्र्सना गर्नुका साथै दोषिलाई हदै सम्मको कारवाही गर्न स्थानीय प्रशासन समक्ष माग गरेको छ । ‘समाजमा हुने हरेक किसिमका विकृति, विसंगति, अनियमितता बारेका समाचार संकलन, सम्प्रेशन, प्रकाशन तथा प्रशारण गर्नु सञ्चार माध्यम तथा सञ्चारकर्मीको दायित्व हो बिज्ञप्तीमा भनिएको छ–उक्त दायित्व निर्वाह गर्ने क्रममा समाचार संकलन तथा फोटो खिचेकै कारण पत्रकार ओलीलाई केसीले दुव्र्यव्यहार गरेकोप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’ 

 

यस घटनाले पत्रकारलाई सजिलै काम गर्ने वातावरण छैन भन्ने प्रष्ट भएको भन्दै संगठनका अध्यक्ष मेगराज खड्काले जारी गरेको विज्ञप्तीमा यस्ता घटना दोहोरिन नदिन दोषिलाई कारवाही गर्न माग गरिएको छ । ‘नियम मिचेर काम गर्ने अनि उल्टै पत्रकाकारमाथी दुव्र्यवहार गर्दै, ज्यान मार्ने सम्मको धम्कि दिनुले आगामि दिनमा पनि त्यस क्षेत्रको रिपोर्टिङमा समस्या नहोला भन्न सकिन्न बिज्ञप्तीमा भनिएको छ ।’ यस घटनालाईसामान्य रुपमा नलिएको संगठनले बताएको छ ।