• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु, आज नायक भुवन केसीको प्रस्तुति रहने

image not found

सानीभेरी समाचार डेस्क ।

पश्चिम रुकुममा पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । जिल्लाको कला संस्कृति र पर्यटनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने तथा जिल्लामा निर्माण हुन लागेको मस्त पुणित संगीत संग्रालय र रुकुमेली कलाकार कल्याण कोष स्थापना सहयोगार्थ आयोजित महोत्सवको गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बिहिबार उद्घाटन गर्नुभएको हो । रुकुम कला साँस्कृतिक मञ्च रुकुमले महोत्सव आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री शर्माले सबै चिजको मेरुदण्ड कला संगीत भएको बताउनुभयो । कला संस्कृतिले देशको पहिचान बोकेकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । कला संस्कृतिमा नै हामी नेपालीको इतिहास रहेको उहाँको भनाई छ ।

रुकुम कला साँस्कृतिक मञ्च रुकुमका अध्यक्ष किरणबाबु पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गृहमन्त्री शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ, गृह सचिव लोकदर्शन रेग्मी, सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी लगाएतको पनि आतिथ्यता रहेको थियो । मञ्चका बरिष्ठ उपाध्यक्ष अमित परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव तिलक परियारले गर्नुभएको थियो ।

आज नायक भुवन केसीको प्रस्तुति
३० गतेसम्म संचालन हुने महोत्सवमा आजबाट राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् । आज नायक भुवन केसी लगाएतका कलाकारहरुको प्रस्तुति रहने बताईएको छ । जसका लागि भुवन केसी सहितका कलाकारहरु रुकुम आईपुगेको महोत्सवका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो ।

अरु को को कलाकार आउँदैछन् महोत्सवमा
महोत्सवमा गायक प्रमोद खरेल, नायिका झरना थापा, गायक बिष्णु खत्री, खुमन अधिकारी, गायिका बिमाकुमारी दुरा, हास्य कलाकार केदार घिमिरे(माग्ने बुढा) लगाएतका ख्याति प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकको भनाई छ ।

८० ओटा विभिन्न व्यापारिक स्टल
मुसीकोट खलंगाको ब्रहाटाकुरामा जारी महोत्सवमा ८० ओटा विभिन्न व्यापारिक स्टलहरु राखिएको छ । स्टलमा विशेष छुटको व्यवस्था गरिएको आयोजकको दाबी छ ।

महोत्वसको अर्को आकर्षण उँट
महोत्सवको आकर्षणको रुपमा उँटपनि रहेको छ । भारतको राजस्थानबाट महोत्सवमा उँट ल्याईएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर दर्शकहरुले उँटको कला अवलोकन गर्न पाउँने छन् ।

दैनिक लोक दोहोरी
महोत्सवमा दैनिक लोक दोहोरीको समेत व्यवस्था गरिएको छ । हरेक दिन बेलुकी दोहोरीको व्यवस्था गरिएको संयोजक परियारले बताउनुभयो । उहाँका अनुसार दोहोरी जसले पनि गाउँन सक्ने छन् ।