• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

पश्चिम रुकुममा असोज १९–३० सम्म पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

image not found

सानीभेरी समाचार डेस्क

 

पश्चिम रुकुममा पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । आगामी असोज १९ गतेदेखि ३० गतेसम्म सदरमुकाम मुसीकोट खलंगाको बह्राटाकुरामा महोत्सव हुन लागेको हो । जिल्लाको कला संस्कृति र पर्यटनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने तथा जिल्लामा निर्माण हुन लागेको मस्त पुणित संगीत संग्रालय र रुकुमेली कलाकार कल्याण कोष स्थापना सहयोगार्थ रुकुम कला साँस्कृतिक मञ्च रुकुमले महोत्सव आयोजना गर्न लागेको हो ।

 

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ भने विभिन्न स्थानीय झाँकीहरु प्रदर्शन गरिने आयोजकले मुसीकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । त्यस्तै महोत्सवमा ८० ओटा सम्म विभिन्न व्यापारिक स्टलहरु राखिने छ ।  साथै महोत्सव अवधिभर दैनिक प्रत्यक्ष दोहोरीको समेत व्यवस्था गरिने महोत्सवका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । महोत्सव संचालनका लागि करिब ३६ लाख खर्च लाग्ने आयोजककले अनुमान गरेको छ । उक्त रकम विभिन्न संघ संस्था, प्रायोजक, टिकेट शुल्क, स्टल लगाएतबाट उठाउने आयोजकको लक्ष छ । 

 

महोत्सवमा नायक भुवन केसी, गायक प्रमोद खरेल, नायिका झरना थापा, गायक बिष्णु खत्री, खुमन अधिकारी, गायिका बिमाकुमारी दुरा, हास्य कलाकार केदार घिमिरे(माग्ने बुढा) लगाएतका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने बताईएको छ । पत्रकार सम्मेलनको संचालन रुकुम कला साँस्कृतिक मञ्चका बरिष्ठ उपाध्यक्ष अमित परियारले गर्नुभएको थियो ।