• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

प्रदेश नं. ६ को समृद्धिका लागि प्रचण्डको प्रतिबद्धता

image not found

सुर्खेत, मंसिर २४
प्रधानमन्त्री प्रचण्डले प्रदेश नं. ६ को समृद्धिका लागि दर्जनौ प्रतिबद्धता जनाएका छन् । सुर्खेत र यस प्रदेशमा पर्ने करिब सबैजसो पर्यटकीय स्थलहरु र सम्भावनाका स्रोतहरुको नाम किटान गदै प्रचण्डले आफू आर्थिक समृद्धिमै केन्द्रित भएको बताएका छन् ।

कर्णाली एक्स्पाे २०१६ काे उद्घाटन कार्यक्ममा आयोजकले गराएको ध्यानाकर्षणलाई सम्बोधन गर्दै यस प्रदेशको समृद्धिका लागि प्रचण्डले सरकार प्रदेश नं. ६ का जनताकै साथमा रहेको बताए । यस क्षेत्रको समृद्धिका लागि सरकार सम्प्रर्ण सहयोग गर्न तयार रहेको भन्दै प्रचण्डले सुर्खेतमा जडिबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्रका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटन एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने, औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया सुरु गर्ने, सीमेन्ट कारखानाका सञ्चालनमा ल्याउनका लागि पहल थाल्ने, रत्न राज्मार्ग २ लाइन बनाउने, सुर्खेत–दैलेख लगायतका सडकहरु २ लाइन बनाउने, ठुला लगानीका क्षेत्रको लागि सहयोगको पहल गर्ने प्रतिबद्धता प्रचण्डले जनाएका छन् ।

यस्तै कोहलपुर सुर्खेत एक सय ३२ केभी लाइनको काम सुरु भएको जानकारी दिदै उनले चौकुने सिमेन्ट कारखान तत्काल सञ्चालन गर्ने, माथिल्लो कर्णाली र नलसिंङगाड जलविद्युत आयोजना ततका निमर्माण गर्ने, सुर्खेतमा अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि पहल गर्ने, दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य प्रारम्भ गर्ने, पर्यटनका लागि नीति बनाइ कार्यान्वयन गर्ने, उत्तरी नाका खोल्न पहल गर्ने, मेडिकल कलेज स्थापनाको काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा गरिबि निवारण तथा सहकारी मन्त्रि हृदयराम थानीले पनि जनताको वलिदानीबाट प्राप्त प्रदेशको समृद्धिको लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । यस्तै पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले यो प्रदेश सुनको सिरानी हालेर नुनको खोजी गरे झै भएकोले अब सम्भावनाको पहिचान गरी आर्थिक समृद्धिको बाटोमा लाग्नुपने बताए ।

माओवादी केन्द्र कि नेता तथा सांसद सीता नेपालीले यहाँका सम्भावनाको उजागर गर्नका लागि सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताइन ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र आयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले लागनी भित्र्याउने वातावरण बनाइदिन प्रधानमन्त्रीसंग आग्रह गरेका थिए । उनीहरुले लगानीको सुरक्षा भए लगानी गर्नेहरु बढ्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्ष गराएका थिए ।

उद्घाटन कार्यक्रम सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो ।