• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

सल्यान बनगाड कुपिन्डे नगरपालिकाका १२ वटै वडा सचिव बिहिन

image not found

इन्द्रवहादुर बुढाथोकी

बन्गाड कुपिण्डे, ५ भाद्र । 

 

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका छन् । स्थानीय तहको निर्वाचन पश्चात सचिवहरु सरुवा भएर गएको र नयाँ सचिव नआउँदा नगरपालिकाका १२ वटै वडा सचिव बिहिन भएका हुन् । सचिव नहुँदा सर्वसाधरणहरु कार्यालयबाट रित्तो हात फर्किन बाध्य भएका छन् । सबै सचिवहरु सरुवा भएर गएको र नयाँ सचिवले आउन नमानेका कारण समस्या भएको बन्गाड कुपिण्डे नगरपालिकाका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो । 

 

उहाँका अनुसार वडा सचिवहरु नहुँदा जनप्रतिनिधिहरुलाई कसरी काम गर्ने भन्ने अन्यौलता बढेको छ । आवश्यक कर्मचारीको व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले वडा कार्यालयबाट सेवा पाउन नसकेको कार्यकारी अधिृकत खत्रीले बताउनुभयो । यसैविच मेयर, उपमेयर समेत एक महिनादेखि नगरपालीकाको कार्यालयमा नआएको सेवाग्राहीको गुनासो छ । जति पटक आउदा पनि नगरसभा पछि मेयर उपमेयरलाई कार्यालयमा भेट्न नपाएको एक स्थानीयको भनाई छ । 

 

सिफारिका लागि पटक पटक नगरपालीकाको कार्यालयमा गएपनि मेयर र उपमेरलाई भेटन नसकिएको उनले गुनासो गरे । गाउँमै कार्यालय आएपछि कामकाज छिटो होला भन्ने आशमा रहेका स्थानीय सेवा नपाउँदा भने दुखि भएका छन् । एकातिर आवश्यक कर्मचारीको अभाव र अर्कोतिर भएका कर्मचारीहरुबाट पनि छिटो, छरितो काम नुहँुदा सेवाग्राही समस्यामा परेको सहकर्मी इन्द्रबहादुर बुढाथोकीले खबर पठाएका छन् ।