• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

गृहमन्त्रीको पहलमा अज्ञात रोग प्रभावित रुकुमको खदीमा हेलिकोप्टरबाट डाक्टर पुगे

image not found

सानीभेरी समाचार डेस्क

रुकुम २, भाद्र 

 

पछिल्लो एक सातादेखि अज्ञात रोगको प्रकोप फैलिएको रुकुमको आठविसकोट नगरपालीका ३ खदीमा काठमाडौंबाट चिकित्सकको टोली पुगेको छ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा २ जना डा. र २ जना नर्स गरी ४ जना चिकित्सकको टोली औषधी सहित हेलिकोप्टरबाट रोग प्रभावित गाउँमा पुगेको हो । काठमाडौंबाट उक्त टोली सिधैं रोग प्रभावित गाउँ खदीमा अवतरण गरेको आठविसकोट नगरपालीकाका मेयर गोर्खवहादुर केसीले जानकारी दिनुभयाे । उहाँका अनुसार चिकित्सकको टोली रोग नियन्त्रण नहुँदा सम्म खदीमै रहने छ । भने हेलिकोप्टर भने बिरामीको दिसा, पिसाब, खकार, रगतको स्याम्पल लिएर आजै काठमाडौं फर्किने छ । चिकित्सकको टोलीमा गृहमन्त्री शर्माका प्रमुख स्वकिय सचिव गोपाल शर्मा अनल पनि रहनुभएकाे छ । 

 

एक साता देखी फैलिएको पहिचान हुन नसकेको रोगबाट रुकुमको दुर्गम गाउँ खदी पुरै प्रभावित भएको छ । गाउँका करिब २ सय बढी सर्वसाधारण बिरामी भएका छन् । उनिहरुमा टाउँको दुख्ने, ज्वरो आउँने, पेट दुख्ने, वान्ता हुने, हातगोडा दुख्ने जस्ता लक्षण देखिएका छन् । रोगको प्रकोप फैलिएको खवर पाउने बित्तिकै आठविसकोटका मेयर केसीले पहल थाल्नुभएकाे थियाे । उहाँकै पहलमा बिहिबार नगरपालीकाबाट औषधी सहितको स्वास्थ्यकर्मीको टोलीलाई घटना स्थलमा पठाईएको थियो । गाउँले पुरै बिरामी भएको र आसपासका गाउँमा समेत यस रोगको लक्षण देखिन थालेपछि त्यसले महामारीको रुप लिन सक्ने भन्दै मेयर केसीले औषधी सहित डाक्टर पठाउँन गृह र स्वास्थ्य मन्त्रालयमा पहल सुरु गर्नुभएकाे थियाे ।