• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

मतदाताहरु गाउँ गएपछि सदरमुकाम सुनसान

image not found

सानीभेरी समाचार डेस्क 

रुकुम ३०, वैशाख ।

 

सदरमुकाममा बस्दै आएका मानिसहरु गाउँ जान थालेपछि रुकुम सदरमुकाम मुसिकोटमा चहलपहल ह्वात्तै घटेको छ । बिहिबारदेखि निर्वाचन मतदाता परिचय पत्र वितरण गर्न सुरु गरेसंगै मानिसहरु गाउँ जान थालेपछि चहल पहल घट्न सुरु गरेको सदरमुकाममा चुनाव आउँन अव आजको दिन मात्र बाँकी रहँदा चहल पहल ह्वात्तै घटेको हो । 

 

सदरमुकाममा व्यापार व्यवशाय गर्ने तथा विभिन्न कामले बस्दै आएका मानिस भोट हाल्न गाउँ जाने क्रम बढेपछि सदरमुकाम मुसिकोट खलंगा सुनसान जस्तै बनेको छ । बिहिबार रातीबाट निर्वाचनको मौन अवधी सुरु भएकाले पनि दलगत गतिविधि रोकिएपछि चहल पहल झनै घटेको देखिन्छ । मानिसको चहलपहल कम भएपछि व्यापार पनि घटेको सदरमुकामका व्यापारीहरुको भनाई छ । छिटपुछ पसलहरु खुलेपनि खासै व्यापार नभएको व्यापारीहरु बताउँछन् । अहिले सदरमुकाम भित्रका ब्यापारीले मात्र पसलहरु खोलेका छन् भने सदरमुकामवासीको सामान्य चहलपहल रहेको छ । 

 

जिल्लामा निर्वाचनका लागि मतदातामा देखिएको उत्साहले उनिहरु मतदानका लागि व्यग्र प्रतिक्षा रहेको बुझ्न सकिने जिल्ला निर्वाचन कार्यालयको भनाई छ । मतदाताको उत्साहबाट लामो समयको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन मार्फत मतदाताहरु स्थानीय सरकार चलाउने जनप्रतिनिधि चयन गर्न व्यग्र प्रतिक्षा रहको पुष्टी हुने जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले बताउनुभयो ।