• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुममा उत्साहका साथ उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली सहित

image not found

मनिष खड्का

स्थानीय चुनावका लागि जिल्लाका राजनितिक दलहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने भएपनि प्रक्रिया लामो भएकाले निर्धारित समय भन्दा केही ढिलो सम्मपनि उम्मेदवारी दर्ता चलेको थियो । जिल्लाका ६ ओटा स्थानीय तहका निर्वाचन कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा मुसिकोट सहित जिल्लाका सबै स्थानीय तहमा दिनभर रौनकता छायो । मतदाता संख्याका हिशावले जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह मुसिकोट दिनभर दलका नारावाजी र हुटिङले गुञ्जयमान भएको थियो । जिल्ला सदरमुकाम भएकाले पनि प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले आफ्नो शक्ति प्रदर्शन गर्नपनि ठुलो संख्यामा कार्यकर्ता उतारेका थिए । त्यस्तै अन्य नगर तथा गाउँपालिकामा पनि उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाका ६ ओटा स्थानीय तहमा भयरहित शान्त वातावरणमा उम्मेदवार दर्ता भएको मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले बताए । जिल्लामा उम्मेदवारी दर्तामा दलहरुको राम्रो उत्साह देखिएको उनले बताए । जिल्लाका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६ ओटै गाउँपालीकामा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने अन्य साना दलहरु राप्रपा, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्तिले भने सबै ठाउँमा उम्मेदवारी दिएका छैनन् । जिल्लामा संघीय समाजवादी र नयाँ शक्तिले मिलेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।        

 

पहिलो चरणमा निर्वाचन हने ६ स्थानीय तहमा मनोनयन दर्ता गराएका दल तथा तिनका उम्मेदवारहरुः

 

मुसीकोट नगरपालिका

नेपाली कांग्रेसः महेन्द्र केसी, बालकमारी गिरी 

नेकपा एमालेः विमलकुमार पुन, केशरी गौतम

नेकपा माओवादी केन्द्रः देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी

राप्रपाः नविन मल्ल, कल्पना नाथ योगी 

संघीय समाजवादी फोरम/नयाँ शक्ति नेपालः राजेश पुन, बेलमती दमाई

जनमोर्चाः सत्यनारायण श्रेष्ठ, आशा बुढा

परिवार दलः देविलाल खड्का

नेपाल मजदुर किसान पार्टीः भिमकुमारी खड्का 

 

आठविसकोट नगरपालिका

नेपाली कांग्रेसः धिरेन्द्र बटाला, अनिता बुढा

नेकपा एमालेः हरिप्रसाद शर्मा, अमृता शाह

नेकपा माओवादी केन्द्रः गोर्खबहादुर केसी, गीता नेपाली 

राप्रपाः टेकवहादुर चन्द, लक्ष्मी शाही

संघीय समाजवादी फोरम/नयाँ शक्तिः बालाराम पुन, 

 

चौरजहारी नगरपालिका

नेपाली कांग्रेसः बलबीर गोसाई, मनिषा भण्डारी

नेकपा एमालेः शेरबहादुर केसी, कल्याणी खड्का 

नेकपा माओवादी केन्द्र विशाल शर्मा, राधा रोका

राप्रपाः मुकुन्द शाह र भगवती चन्द

संघीय साजवादी/नयाँ शक्तिः बालकृष्ण भाट, सम्झना खत्री

स्वतन्त्रबाट ५ नम्बर वडा अध्यक्षः मोतिराम बुढा

स्वतन्त्रबाट १० नम्बर वडा अध्यक्षः खीमवहादुर राना 

 

बाफिकोट गाउँपालिका

नेपाली कांग्रेसः जनककुमार वाँठा, हिरा केसी

नेकपा एमालेः नगेन्द्रप्रसाद रिजाल, व्युझना पुन

नेकपा माओवादी केन्द्रः धर्मबहादुर केसी, मनकला पुन 

राप्रपाः खम्बु खत्री, उपाध्यक्ष खम्बुकुमारी शाही

संघीय समाजवादी फोरम÷नयाँ शक्ति नेपालः लोकमान पुन

जनमोर्चाः तुले खत्री

नेकपा मालेः डम्बरवहादुर नाथ, गीता शर्मा

स्वतन्त्रबाट गाउँपालिका अध्यक्षः भिरभान पुरी 

स्वतन्त्रबाट ८ नम्बर वडा अध्यक्षः रत्नवहादुर केसी

स्वतन्त्रबाट ९ नम्बर वडा अध्यक्षः रमेश केसी

 

सानीभेरी गाउँपालिका

नेपाली कांग्रेसः गोरखप्रसाद चन्द, पुष्पा ओली

नेकपा एमालेः मनवीर घर्ती, लक्ष्मी पुन

नेकपा माओवादी केन्द्रः नरबहादुर पुन, इन्दिरा ओली 

नयाँ शक्तिः दिपेन्द्र बिक 

स्वतन्त्रः वडा नम्बर ९ अध्यक्ष गंगाराम ओली 

 

त्रिवेणि गाउँपालिका

नेपाली कांग्रेसः देवबहादुर ओली, देवी पुन 

नेकपा एमालेः गणेशबहादुर खड्का, कल्पना ओली 

नेकपा माओवादी केन्द्रः झक्कुप्रसाद घर्ती, निर्मला विष्ट 

राप्रपाः देविलाल खड्का

संघीय समाजवादी/नयाँ शिक्तिः तारा पुन घर्ती, जगत चन्द

जनमोर्चाः खड्कसिंह खड्का

स्वतन्त्र १० नम्बर वडा अध्यक्षः खड्कवहादुर बुढा