• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

निर्वाचन प्रयोजनका लागि रुकुम २ प्रदेशमा विभाजन

image not found

सानीभेरी समाचार डेस्क 

रुकुम १४, बैशाख 

 

रुकुममा दुई चरणमा निर्वाचन हुने भएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि सरकारले रुकुम जिल्लाको कुन कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ । संविधानले रुकुमलाई टुक्रयाएर पुर्वी भाग प्रदेश नम्बर ५ र पश्चिम भाग प्रदेश नम्बर ६ मा राखेको छ । 

 

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई जिल्ला टुक्रिएर कुन कुन प्रदेशमा परेको सिमाना स्पष्ट पारेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्रिपरिषदले रुकुमको पूर्वी क्षेत्रका स्थानीय तहहरु सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकालाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको हो । 

 

बाँकी मुसिकोट, चौरजहारी र आठबिसकोट नगरपालिका तथा  सानीभेरी,  त्रिवेणी र बाँफिकोट गाउँपालिका प्रदेश नम्बर ६ मा परेको छ । उर्जामन्त्री जनार्दन शर्माले निर्वाचन प्रायोजनका लागि जिल्लालाई २ प्रदेशमा विभाजन गरिएको बताउनुभयो । 

 

संविधानमा जिल्लालाई पुर्वि र पश्चिममा विभाजन गरी २ प्रदेशमा राखिएकामा अहिले तत्काल निर्वाचन सम्पन्न गर्न मात्र जिल्लाको पुर्वि र पश्चिमको सिमांकन गरिएको भएपनि यो स्थायी नभएको बताउनुभयो । जिल्लाको सिमांकनको अन्तिम निर्णय भने संघीय सिमांकन आयोगले टुंग्याउने उहाँको भनाई छ ।