• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बिवशको उत्कृष्ट बलिङ र ब्याटिङमा रुकुमको विजयी सुरुवात

image not found

मनिष खड्का

रेडियो सानीभेरी । २२ चैत्र, रुकुम

 

बिवश गिरीको उत्कृष्ट बलिङ र ब्याटिङको मदतमा रुकुमले दाङको घोराहीमा जारी जेसीस कप टी–२० पुरुष अञ्चल स्तरीय क्रिकेट प्रतियोगीतामा बिजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा राप्ती द्धार क्रिकेट क्लव भालुबाङलाई ३७ रनले पराजित गर्दै रुकुमले बिजय सुरुवात गरेको हो । पहिले टस जितेर ब्याटिङ गरेको रुकुमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । रुकुमका लागि बिवश गिरीले ८ चौका र २ छक्काको मदतमा ४१ बलमा ५४ रनको योगफल तयार पारेका थिए । 

 

त्यस्तै दिनेश पुनले ६ चौका हान्दै ३१ बलमा ४१, खुशीराम बिकले १८ र अक्ष गौतमले १७ बनाए । राप्ती द्धारका लागि पंकज पाण्डेले ३ र अजीत केसीले २ विकेट लिएका थिए । १ सय ५७ रनको विजय लक्ष पछ्याएको राप्ती द्धारले १८ ओभर ५ बलमा सबै १० विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । बलिङ तर्फ रुकुमका विवश गिरीले ३ ओभर ५ बलमा मात्र १५ रन दिएर ७ विकेट लिए । त्यस्तै अक्ष गौतम र विरसिंह ओलीले १–१ विकेट लिए । ५४ रन सहित अर्धसतकिय पारी खेलेका र ७ विकेट लिएका रुकुमका बिवश गिरी आजको खेलको म्यान अफ द म्याच घोषित भए ।।