• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

पुर्ण सरसफाईका लागि सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण

image not found

सानिभेरी समाचार डेस्क

रुकुम २१, चैत्र

 

रुकुमका विद्यार्थीहरुले पुर्ण सरसफाईका लागि सामुदायिक रेडियोको भुमिका महत्वपुर्ण हुने बताएका छन् । सञ्चारका माध्यम मध्ये रेडियो सस्तो र सबै ठाउँमा सजिलै पुग्ने भएकाले रेडियोबाट सचेतना फैलाई पुर्ण सरसफाईमा महत्वपुर्ण योगदान पु¥याउन सकिनेमा बिद्यार्थीहरुले जोड दिएका छन् । रेडियो सानिभेरीले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा संचालन गरेको मावि स्तरिय “पुर्ण सरसफाई युक्त जिल्ला निर्माणका लागि सामुदायिक रेडियोको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगीताका सहभागी विद्यार्थीहरुले यस्तो बताएका हुन् । रेडियोले आफुले प्रशारण गर्ने मनोरञ्जन, समाचार, सूचना तथा जानकारी मुलक कार्यक्रम मार्फत सरसफाईमा नागरिकलाई सचेत बनाउन सुझाव दिएका छन् । 

 

त्यस्तै उनिहरुले जिल्लाको सरसफाईमा जिल्लाका सामुदायिक रेडियोले पु¥याएको योगदान महत्वपुर्ण भएको र आगामी दिनमा पनि त्यसलाई बढाउनुपर्ने बताएका छन् । ११ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगीतामा त्रिभुवन जनता मावि खलंगाकी सुनिता शर्मा प्रथम, त्रिभुवन जनता माविकै अर्जुन केसी द्धितिय, बिजयश्वरी बोर्डिङ स्कुल खलंगाका नेपाल केशव तृतिय र विरेन्द्र मावि बाँफिकोटकी भावना शर्मा शान्त्वना हुनुभयो । 

 

प्रतियोगीताको निर्णायकमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक भुपालसिंह बिष्ट, सरसफाई अभियान्ता नरेन्द्र केसी र आयोजकको तर्फबाट पत्रकार टेकबहादुर ओली रहनुभएको थियो । बिजयश्वरी बोर्डिङ स्कुल खलंगाको मुख्य प्रायोजन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेशनल इन्ष्टिच्युट अफ ह्युमन एक्सलेन्स घोराही, आईरन गेट इन्ष्टिच्युट घोराही दाङ र सनराईज बोर्डिङ स्कुल मुसिकोट १ मठको सह प्रायोजन तथा एकीकृत विकास समाज नेपालको प्रायोजनमा प्रतियोगीता संचालन गरिएको हो । 

 

रेडियो सानिभेरीका स्टेशन म्यानेजर धु्रवविक्रम बुढाथोकीको अध्यक्षतामा खलंगाको त्रिभुवन जनता माविमा प्रतियोगीता संचालन भएको थियो । कार्यक्रमको संचालन रेडियो सानीभेरीका कार्यक्रम संयोजक देवकुमार ओलीले गर्नुभएको थियो ।