• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जेसिस कप क्रिकेट खेल्न जाने रुकुमेली टोलीको बिदाई

image not found

रुकुम २०, चैत्र

दाङको घोराहीमा जारी रुस्लान जेसिज कप क्रिकेट प्रतियोगिता खेल्न जाने रुकुमको टोलीलाई बिदाई गरिएको छ । आज मध्यपश्चिम खेलकुद विकास समितिका पुर्व कोषाध्यक्ष सुवोधराज शिर्पाली, जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठा, सचिव मनिष खड्का, लगाएतले क्रिकेट टोलीलाई बिदाई गर्नुभएको हो ।   टोलीलाई बिदाई गर्दै मध्यपश्चिम खेलकुद विकास समितिका पुर्व कोषाध्यक्ष शिर्पालीले अनुशासन पुर्वक खेल प्रदर्शन गर्न आग्रह गर्दै जितको शुभकामना दिनुभएको थियो । १२ खेलाडी र १ व्यवस्थापक गरी १३ सदस्यीय टोली आजै दाङ प्रस्थान गरेको छ । 

 

टोलीको कप्तानमा कुलप्रसाद ओली र उपकप्तानमा विवश गिरी रहनुभएको छ । टोलीमा विरसिंह ओली, शुसिल मल्ल, दिनेश पुन, अक्ष गौतम, मनु बिक, बिशाल कठाएत, प्रकाश भण्डारी, पुर्णसिंह सुनार, संगीत तुलाचन र रोशन मल्ल रहनुभएको छ । टीम व्यवस्थापकमा भने छविलाल केसी रहनुभएको छ । रुकुमले पर्सी दाङको राप्ती दोवार क्रिकेट क्लव भालुवाङसंग प्रतिस्पर्धा गर्ने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो । दाङ क्रिकेट संघको समन्वयमा त्रिभुवननगर जेसिजले अञ्चल स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । 

 

८ दिन सम्म चल्ने प्रतियोगितामा दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानका १२ वटा क्रिकेट क्लवहरुको प्रतिस्पर्धा गर्ने छ । प्रतियोगीता हिजो देखि सुरु भैसककेको छ ।