• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

​१० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सुरु

image not found

सानिभेरी समाचार डेस्क

रुकुम २०, चैत्र

 

रुकुममा पहिलो पटक प्रशारणमा आएको रेडियो सानीभेरी एफ.एम.ले १० औं वार्षिकोत्सवको अवसरमा आजवाट विभिन्न कार्यक्रम गर्दै छ । यहि चैत्र २५ गते १० औं वर्षमा प्रवेश गर्न लागेको रेडियोले विभिन्न कार्यक्रम गर्न लागेको हो । जस अन्तरगत आज वार्षिकोत्सव विशेष कार्यक्रम घोषणा गरेको रेडियोले भोली पुर्णसरसफाईयुक्त जिल्ला निर्माणका लागि सामुदायिक रेडियोको भुमिका विषयक मा.वि. स्तरीय वतृत्वकला प्रतियोगिता गर्दै छ । 

 

२२ गते स्थानिय तहको निर्वाचन र संविधानको कार्यान्वयन विषयक अन्तरक्रिया, २३ गते सानीभेरी लोकदोहरी प्रतियोगिता र २४ गते पत्रकार र कलाकार विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता संचालन गरिने रेडियोले जनाएको छ । रेडियोका अनुसार २५ गते वार्षिकोत्सवको औपचारिक समारोह तथा पुरस्कार वितरण कार्यक्रम हुने छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्र रुकुमद्धारा संचालित रेडियोले २०६४ साल चैत्र २५ गते प्रसारण सुरु गरेको थियो । आफनो स्थापनादेखि नै रेडियोले आफुलाई जनपक्षिय संविधान निर्माणको अभियानमा केन्द्रित गरेको थियो । रेडियोको अवको अभियान संविधानको कार्यान्वयन र समाजवादी क्रान्तिको तयारीमा केन्द्रित गरिने स्टेशन म्यानेजर धु्रवविक्रम बुढाथोकीले बताउनुभयो ।

 

त्यस्तै रेडियोका माध्यमबाट सामाजिक परिर्वतन, मौलिक कला–संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहितकारी सन्देश, अत्यावश्यकीय सूचना प्रवाहजस्ता नियमित कार्यलाई पनि छरितो र प्रभावकारी बनाउने कोशिस जारी रहने उहाँको भनाई छ । रेडियोले दशौं वार्षिकोत्सवको अवसरमा रेडियोले अहिलेसम्मको यात्रामा सहयोग गर्ने श्रोता, विज्ञापनदाता, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी, शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गर्नुको साथै वार्षिकोत्सव विशेष कार्यक्रमहरुमा सक्रिय सहभागिताको लागि अनुरोध पनि गरेको छ ।