• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

रुकुमका १३ प्रतिशत नागरिक अझै खानेपानीको पहुँच बाहिर

image not found

सानिभेरी समाचार डेस्क,

चैत्र १३ मुसिकोट,

रुकुमका १३ प्रतिशत नागरिक अझै खानेपानीको पहुँच भन्दा बाहिर रहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार हालसम्म जिल्लाका ८७ प्रतिशत नागरिक मात्र खानेपानीको पहँुचमा रहेका छन् । 

 

जिल्लाका सबै ठाउँमा खानेपानीका मुहान नुहँुनु, प्राप्त बजेट उपलब्ध नुहुँनु, नयाँ घर निर्माण गरिनु लगाएतका कारणले सबै नागरिकहरुलाई खानेपानीको पहुँचमा ल्याउन नसकिएको डिभिजन प्रमुख विकेस बधानथाछेले जानकारी दिनुभयो । 

 

खानेपानीको पहुँचमा पुग्न नसकेका नागरिकले दैनिक आधा घण्टाभन्दा बढी पैदल हिडेर पानी बोकेर गुजारा चलाउने गरेका छन् । घरबाट २ देखि ४ सय मिटरको आसपासमा खानेपानीको मुहान अथवा धारा भएमा त्यस क्षेत्रका नागरिक खानेपानीको आधारभुत पुहँचमा रहेको मानिन्छ । 

 

त्यसका लागि अहिले विभिन्न आयोजनाहरु निर्माणाधिन तथा केही आयोजना लागु हुने चरणमा रहेको डिभिजन प्रमुख बधानथाछेले बताउनुभयो । कार्यालयका अनुसार सन् २०२० सम्ममा सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउने लक्षका साथ जिल्लाका सबै घर, बिद्यालय, स्वास्थ्य चौकी लगाएतको सर्वे गरेर आयोजनाको इष्टिमेट तयार पारेर काम भैरहेको छ । 

 

अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ का लागि विभिन्न खानेपानी आयोजनाका लागि जिल्लामा ३ करोड बजेट आएकामा चालु आर्थिक वर्षका लागि हाल सम्म १३ करोड बजेट आएको डिभिजन प्रमुख बधानथाछेले बताउनुभयो । 

 

जिल्लामा खानेपानीको लागि वर्षेनि ३० देखि ४० करोडको हाराहारीमा बजेट आवश्कता पर्ने गरेकामा अहिले निकै कम मात्र बजेट आउने गरेको उहाँको भनाई छ । यसैविच खानेपानीको आधारभुत पहुँचमा रहेका अधिकांस नागरिकले दुषित पानी पिउँन बाध्य छन् । 

 

जिल्लाका ६० देखि ७० प्रतिशत मुहानको पानीमा स्वास्थ्यलाई असर पु¥याउने कुनै न कुनै जिवाणु पाईएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । मुहान भित्रैबाट आउँने पानीमा जिवाणुहरु रहेकाले त्यो पानीलाई विभिन्न उपायबाट शुद्धिकरण गरेर पिउँनका लागि चेतना फैलाउन पनि कार्यालय लागि परेको डिभिजन प्रमुख बधानथाछेले जानकारी दिनुभयो । 

 

उक्त पानीलाई उमालेर तथा सोडिस र क्लोरिन विधिबाट पानीलाई शुद्धिकरण गर्न सकिने उहाँले बताउनुभयो ।