• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चौखावाङको चुनमा पहिलो पटक गाडी पुग्यो

image not found

सानिभेरी समाचार डेस्क 

रुकुमको मुसिकोट नगरपालिका १० चौखावाङको चुनमा पहिलो पटक जिप पुगेको छ । सिस्ने हिमाल वस तथा मिनिवस यातायात व्यवशायी समितिले खलंगादेखि चुनसम्म पहिलो पटक गाडि पु¥याएको हो ।  गाउँमा पहिलो पटक गाडि पुगेपछि स्थानियले हर्षबढाई गर्दै गाडि, गाडि चालक र समितिका पदाधिकारीलाई भव्य स्वागत गरेका छन् । समितिका महासचिव महेन्द्र गौतम र रुकुम उद्योग वाणिज्य संघका सदस्य धनवहादुर खड्का वसन्तले संयुक्त रुपमा जिप सेवाको उद्घाटन गर्नुभएको हो । 

 

सेवा उद्घाटन भएसंगै अव नियमित रुपमा जिप चल्ने भएका छन् । अव खलंगाबाट हरेक दिन अपरान्ह ४ बजे र चुनबाट बिहान ८ बजे नियमित रुपमा जिप छुट्ने समितिले जनाएको छ । सदरमुकाम नजिकै भएपनि सडक सञ्जालमा जोडिन नसकेकाले उक्त ठाउँमा गाडि पुग्न सकेका थिएनन् । ढिलै भएपनि गाउँमा गाडि पुगेपछि त्यस क्षेत्रका स्थानियले खुशि व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा समितिका सचिव न्युटन बुढा, अन्य पदाधिकारी सहित स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।