• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

विराट कोहलीको कीर्तिमान, आइपिएलमा कसले कति रन बनाए ?

image not found

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीको कप्तानीमा खेलेको रोयल च्यालेन्जर्स बैंग्लोरले राम्रो खेलेर पनि उपाधि जित्न सकेन । तर कप्तान विराटले आफ्नो लोभ लाग्दो उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिचे । आइतबार राति एम चिन्नास्वामी रंगशालमा भएको फाइनलमा बैंग्लोर सनराइजर्स हैदरावादसँग ८ रनले पराजित भयो । यो खेलमा विराटले ३५ बलमा ५४ रन बनाए । विराट आइपिएलको यो सिजनका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यो आइपिएलमा १६ खेलका १६ पारीमा ८१ दशमलव ०८ को औषतमा ९ सय ७३ रन बनाए । उनी एक हजार रन बनाउनबाट मात्रै २७ रनले पछि परे । विराटले यस क्रममा चार शतक, ६ अर्ध शतक प्रहार गरेका छन् । उनले ८३ चौका र ३८ छक्का प्रहार गरे । उनले सर्वाधिक रन बनाउने खेलाडी पाउने ओरेन्ज क्याप पाएका छन् ।

 

यो आइपिएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

विराट कोहली ९रोयल च्यालेन्जर्स बैंग्लोर०स् ९७३ ९१६ खेलका १६ पारी, चार शतक, ६ अर्धशतक, ८३ चौका र ३८ छक्का०डेविड वार्नर ९सनराइजर्स हैदरावाद०स् ८४८ ९१७ खेलका १७ पारी, ८ अर्धशतक, ८८ चौका र ३१ छक्का०एबी डी भिल्लिएर्स ९९रोयल च्यालेन्जर्स बैंग्लोर०स् ६८२ ९१५ खेलका १५ पारी, एक शतक, ६ अर्धशतक, ५७ चौका र ३७ छक्का०गौतम गाम्भीर ९कोलकाता नाइट राइडर्स०स् ५०१ ९१५ खेलका १५ पारी, ५ अर्धशतक, ५४ चौका र ६ छक्का०रोहित शर्मा ९मुम्बई इन्डियन्स०स् ४८९ ९१४ खेलका १४ पारी, ५ अर्धशतक, ४९ चौका र १६ छक्का०

यो आइपिएलमा सर्वाधिक रन बनाउने विराट आइपिएलको अहिलेसम्मका सबै सिजनमा गरेर धेरै रन बनाउने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् । उनले सन् २००८ देखि अहिलेसम्म बैंग्लोरबाट एक सय ३९ खेलका एक सय ३१ पारीमा ३८ दशमलव ०५ को औषतमा चार हजार एक सय १० रन बनाएका छन् । उनी दोस्रो स्थानका सुरेश रैना भन्दा १२ रनले अघि छन् । चेन्नाई सुपर किंग्स र गुजरात लाइन्सबाट रैनाले अहिलेसम्म चार हजार ९८ रन बनाएका छन् । 

 

आइपिएलका अहिलेसम्मका सर्वाधिक रन बनाउने पाँच खेलाडी

विराट कोहली ९रोयल च्यालेन्जर्स बैंग्लोर०स् ४११० ९१३९ खेलका १३१ पारी, चार शतक, २६ अर्धशतक, ३५९ चौका र १४८ छक्का०सुरेश रैना ९चेन्नाई सुपर किंग्स र गुजरात लाइन्स०स् ४०९८ ९१४७ खेलका १४३ पारी, एक शतक, २८ अर्धशतक, ३६० चौका र १६० छक्का०रोहित शर्मा ९चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स०स् ३८७४ ९१४२ खेलका १३८ पारी, एक शतक, २९ अर्धशतक, ३२३ चौका र १६३ छक्का०गौतम गाम्भीर ९दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्स०स् ३६३४ ९१३२ खेलका १३१ पारी, ३१ अर्धशतक, ४२२ चौका र ५१ छक्का०क्रिस गेल ९कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर० ३४२६ ९९२ खेलका ९१ पारी, पाँच शतक, २० अर्धशतक, २७८ चौका र २५१ छक्का०