• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

एसइईको पहिलो दिनको परिक्षामा ३ सय ३० विद्यार्थी अनुपस्थित

image not found

सानीभेरी समाचार डेस्क 

आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षामा रुकुमबाट ३ सय ३० जना विद्यार्थी अनुपस्थित भएका छन् । जिल्लाका २५ ओटा परिक्षा केन्द्रमा परिक्षा दिने गरी नियमित, ग्रेड बृद्धि र एग्जाम्टेड गरी ६ हजार ६९ जना विद्यार्थीले आवेदन भरेका भएपनि ३ सय ३० जना विद्यार्थी परिक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार परिक्षामा सहभागी नहुनेमा नियमित तर्फ १ सय ४१ जना र एक्जामटेड तर्फ १ सय ८९ जना गरी समग्रमा १ सय ८४ छात्रा तथा १ सय ४६ छात्र रहेका छन् । पढाई छाडेका हुनाले उक्त विद्यार्थी परिक्षामा सहभागी नभएको हुन सक्ने कार्यालयको अनुमान छ । जिल्लामा यो वर्ष २ सय २८ जना परिक्षार्थी परिक्षाका लागि यसअघि नै अयोग्य घोषित भैसकेका थिए । कार्यालयले दिएको जानकारी अुनुसार परिक्षा शुल्क नबुझाएका र ७५ प्रतिशत भन्दा कम समय विद्यालयमा हाजिर भएका उक्त विद्यार्थीले परिक्षा दिन नपाउँने भएका हुन् । यसैविच जिल्लामा पहिलो दिनको परिक्षा शान्त एवं मर्यादित वातारणमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी पुर्णवहादुर अछामीले जानकारी दिनुभयो ।

फाईल फोटो