• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

एसइई परिक्षामा रुकुमबाट ६ हजार बिद्यार्थी सहभागी हुँदै

image not found

मनिष खड्का 

रुकुम २, चैत्र 

 

बिहिबारबाट देशैभर सुरु हुने एसइई परिक्षामा रुकुमबाट ६ हजार विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार जिल्लाबाट नियमित, ग्रेड बृद्धि र एग्जाम्टेड गरी ६ हजार ६९ जना बिद्यार्थी परिक्षामा सहभागी हुने भएका हुन् । जसमा नियमित तर्फ ५ हजार ५ सय १२, ग्रेड बृद्धि तर्फ ४ सय २८ र एग्जाम्टेड तर्फ १ सय २९ जना परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो संख्या गत वर्षको तुलनामा करिब ३ सयले कम हो । जिल्लामा कुल २५ ओटा परिक्षा केन्द्रमा परिक्षा हुने कार्यालयका शाखा अधिकृत लालवहादुर घर्तीले जानकारी दिनुभयो । परिक्षाको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । स्वस्थ र मर्यादित वातावरणमा परिक्षा गराउने गरी कार्यालयले परिक्षासंग सम्वन्धी सबै सरोकारवाला पक्षसंग छलफल गरिसकेको छ । परिक्षालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि कार्यालयले कुनैपनि कसर बाँकी नराख्ने घर्तीको भनाई छ ।

 

सबै इभेन्टमा छात्रा धेरै 

शिक्षा कार्यालयले दिइको जानकारी अनुसार नियमित, ग्रेड बृद्धि र एग्जामटेड छात्रको तुलनामा छात्रा परिक्षार्थी धेरै रहेका छन् । नियमितमा कुल ५ हजार ५ सय १२ परिक्षार्थी सहभागी हुन लागेकोमा २ हजार ९ सय छात्रा र २ हजार ६ सय १२ छात्र रहेका छन् । त्यस्तै गे्रड बृद्धिमा कुल ४ सय २८ परिक्षार्थीमध्ये २ सय ३५ छात्रा र १ सय ९३ छात्र तथा एग्जाम्टेडमा कुल १ सय २९ परिक्षार्थी सहभागी हुन लागेकामा ६९ छात्रा र ६० छात्र रहेको शाखा अधिकृत घर्तीले जानकारी दिनुभयो । जिल्लाबाट यसवर्ष ३ हजार २ सय ४ छात्रा परिक्षार्थी परिक्षामा सहभागी हुन लागेकामा २ हजार ८ सय ६५ छात्र सहभागी हुँदै छन् । समग्रमा छात्रको तुलनामा छात्रा परिक्षार्थीको संख्या ३ सय ३९ जनाले बढी हो । 

 

२ सय २८ विद्यार्थी अयोग्य 

जिल्लामा यो वर्ष २ सय २८ जना परिक्षार्थी परिक्षाका लागि अयोग्य घोषित भएका छन् । कार्यालयले दिएको जानकारी अुनुसार परिक्षा शुल्क नबुझाएका र ७५ प्रतिशत भन्दा कम समय विद्यालयमा हाजिर भएका उक्त विद्यार्थीले परिक्षा दिन नपाउँने भएका हुन् ।