• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

समाचार

फेला परेको ४ दिनपछि बम डिस्पोज

image not found

सानीभेरी समाचार डेस्क

रुकुम १६, फागुन

 

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ घर्तीकाँडामा फागुन १३ गते शुक्रबार फेला परेको सकेट बम ४ दिनपछि आज निष्कृय पारिएको छ । नेपाली सेनाले बम निष्कृय पारेको हो । बम डिस्पोजका लागि सुर्खेतको ज्वाला दलगणबाट क्याप्टेनको नेतृत्वमा ४ जनाको बम डिस्पोजल टोली आज बिहान घटना स्थलमा पुगेको थियो ।

 

टोलीले शुक्रबार फेला परेका २ ओटा सकेट बम जमिनबाट निकालेर पड्काएर निष्कृय पारेको सहकर्मी डिल्लीवहादुर खत्रीले जानकारी दिएका छन् । बम डिस्पोजल टोलीका अनुसार उक्त २ ओटै बम पड्किने अवस्थामा रहेका थिए । 

 

स्थानिय जयप्रकास बोहोराले आफ्नो बारीमा तरुल खन्ने क्रममा फागुन १३ गते २ ओटा सकेट बम फेला परेका थिए । प्राविधिक कुराहरु मिलाउनु पर्ने र माथिसम्म जानकारी गराउनुपर्ने भएकाले बम निष्कृय पार्न समय लागेको सेनाले जनाएको छ । बम फेला परेपछि प्रहरीले उक्त ठाउँलाई ४ दिन सम्म सुरक्षा दिएको थियो । 

 

प्लाष्टिकमा बेरिएको अवस्थामा २ ओटा बम देखिएकामा जमिन मुनि अरुपनि हुन सक्ने प्रहरीले आशंका गरिएको थियो । तर अन्य बम फेला नपरेको बताईएको छ । उक्त बम युद्धका समयमा गाडिएको हुन सक्ने आशंका गरिएको छ । बम फेला परेपछि त्रसित बनेका स्थानियले बम निष्कृय पारिएपछि त्रास मुक्त भएको बताएका छन् ।।