• अहिले तरंगमाअनुरोध संगीत
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

३ दिन अगाडी फेला परेको बम अझै डिस्पोज गरिएन

image not found

सानीभेरी समाचार डेस्क,

मुसिकोट रुकुम,

 

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ घर्तीकाँडामा शुक्रबार फेला परेको सकेट बम अझै डिस्पोज गरिएको छैन । स्थानिय जयप्रकास बोहोराले आफ्नो बारीमा तरुल खन्ने क्रममा फागुन १३ गते २ ओटा सकेट बम फेला परेको थियो । त्यसपछि प्रहरीले उक्त ठाउँमा सुरक्षा दिईरहेको छ । 

 

तर अहिलेसम्म बम डिस्पोज पारिएको छैन् । बम डिस्पोजका लागि नेपालगञ्जबाट सेनाको टोली आउनुपर्ने भएकाले बम डिस्पोजमा ढिलाई भैरहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक अंगुर जिसीले जानकारी दिनुभयो । 

 

३ दिन सम्मपनि बम डिस्पोज नभएपछि स्थानिय त्रसित बनेको सहकर्मी डिल्लीवहादुर खत्रीले जानकारी दिएका छन् । उनका अनुसार बम फेला परेको ३ दिन सम्म पनि बम डिस्पोज गर्नका लागि वास्ता नगरेको भन्दै स्थानिय आक्रोसित समेत बनेका छन् । 

 

नेपाली सेनाको ज्वाला दलगण क गुल्म चौरजहारीले भोली सम्ममा बम डिस्पोज भईसक्ने बताएको छ । नेपालगञ्जबाट तालिम प्राप्त टोली बम डिस्पोज गर्न जिल्लाका लागि हिडिसकेको र भोली सम्ममा बम डिस्पोज भैसक्ने गुल्मले जनाएको छ । 

 

अहिले प्लाष्टिकमा बेरिएको अवस्थामा २ ओटा बम देखिएकामा जमिन मुनि अरुपनि हुन सक्ने प्रहरीले आशंका गरको छ । उक्त बम युद्धका समयमा गाडिएको हुन सक्ने आशंका गरिएको छ ।