• अहिले तरंगमाअनुरोध संगीत
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रुकुमको विकासका लागि १९ करोड बजेट थप

image not found

सानीभेरी समाचार डेस्क

 

रुकुमको विकासको लागि १९ करोड थप बजेट आएको छ । रुकुम निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनको विशेष पहलमा अर्थ मन्त्रालयले सडक, गाविस भवन, विद्यालय भवन, सामुदायिक भवन, नमूना वस्ति निर्माण लगायत निर्माण लागि १९ करोड रकम विनियोजन गरेको हो । जसमा १२ करोड सडकमा मात्रै थपिएको छ भने ७ करोड अन्य योजनामा थप भएर आएको छ । १ नम्वर निर्वाचन क्षेत्रका विभिन्न १२ वटा सडकमा एक/एक करोडका दरले थप बजेट आएको हो ।

 

भौतिक योजना तथा निर्माण मन्त्रालयबाट अन्य सहरी सडक अन्तर्गतका १२ वटा सडकमा १२ करोड थपिएको हो भने स्थानीय विकास मन्त्रालयबाट अन्य विभिन्न शीर्षकका योजनामा ७ करोड बजेट रुकुम जिल्लाको लागि थपिएको सांसद तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिनुभयो । नायगाड–चारगाउ–कुकुरगारे–खाराबाङ–अर्जल–रन्मामैकोट सडकमा एक करोड, ढोरपाटन–थाकुर–पेल्मा सडकमा एक करोड, खौला–सुकीदह–रातामाटे–रुकुमकोट–थवाङ सडकमा एक करोड, गुजिल्ढुङ्गा–कैलदेउ–माथिल्लो छिङ–लम्पाकोट–काब्रीबास हुदै मध्यपहाडी जोड्ने सडकमा एक करोड, नागयडा–चारगाउ–खारखोला–जाङ–जामा बगर सडकमा एक करोड, रुकुमकोट चक्रपथ निर्माणमा एक करोड बजेट थप भएको सांसद पुनले जानकारी बताउनुभयो ।

 

उहाका अनुसार सल्ले एयरपोर्टदेखि जिल्ला अस्पताल हुदै बसुनचौर सडक कालो पत्रे, लकुम रिका सडक, झुल्खेत, खर्चिबाङ–गैरीनेटा सडक, भलाक्चा–झुल्खेत सडक, बसुन्चौर–भेरी–बसपार्क–मुसीकोट सडक र मुसीकोट सहरी सडकमा पनि एक/एक करोड रुपैया थपिएको छ । यस पटक एक/एक करोड बजेट थपिएका १२ वटै सडकमा यस अघि ४ लाख २० हजारका दरले मात्रै बजेट आएको जियो । यस पटक एक करोड बजेट थप थपिएका सडकहरु सरकारको दोश्रो प्राथमिकता अन्तर्गतका हुन् । जसमा सजिलै ठूलो रकम राख्न मन्त्रालय तयार हुदैन । 

 

जनताको माग र आवश्यक्तताको आधारमा आवश्यक ठाउमा थप बजेट आएको सांसद पुनको भनाइ छ । अन्य सडक र विकासको लागि पनि जनप्रतिनिधहरु लागि परेको उहाले बताउनुभयो । केही दिन अघि मात्रै जिल्लाका विभिन्न सडकका लागि सांसद पुनकै पहलमा ७ करोड २० लाख बजेट थप भएर आएको थियो ।