• अहिले तरंगमाद न्युज प्लस
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रुकुमेली छोरा वरिष्ठ पत्रकार सचिन रोका नियुक्त

image not found

सानीभेरी समाचार डेस्क 

रुकुम १० फागुन

 

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोका ‘सचिन’लाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिनुभयो । माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गर्नुभएको थियो ।

 

विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा काम गर्नुभएका उहाँले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गर्नुभएको थियो । नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गर्नुभएका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गर्नुभयो भने रेडियो सानीभेरी एफएम रुकुमको अध्यक्ष भई २०६४ देखि हालसम्म सेवा पु¥याउनु भएको छ । 

 

यस्तै रोका हाल प्रदेश एफएम सुर्खेतको समेत अध्यक्ष हुनुहुन्छ भने उहाँले एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा पनि काम गर्नुभएको छ । पत्रकारितामा स्तातकोत्तर उत्र्तीण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्छ ।