• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

समाचार

नवौं राष्ट्रपति रनिङ शिल्ड सुरु

image not found

सानीभेरी समाचार डेस्क

रुकुम ६, फागुन

 

नवौं राष्ट्रपति रनिङ शिल्ड रुकुमको खोलागाउँमा रहेको हिमालय माविमा सुरु भएको छ । शिल्डको युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले आज उद्घाटन गर्नुभएको हो । फागुन १० गतेसम्म संचालन हुने शिल्डमा जिल्लाका २२ ओटा विद्यालयले सहभागीता जनाएका छन् । शिल्डमा भलिवल, कवड्डी, एथ्लेटिक्स अन्तरगत दौड ट्रयाक तर्फ छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर र ४ हजार मिटर, उफ्रने र फ्याक्ने फिल्ड तर्फ छात्र हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८ सय ग्राम र सटफुट १२ पाउन्ड तथा छात्रा हाईजम्प, लङजज्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६ सय सटफुट ८ पाउन्डको खेल संचालन हुन् छ ।  

 

मार्सल आर्ट तर्फ सितेरियो कराते छात्र ४२ केजी मुनि, ४७ केजी मुनि, ५२ केजी र एकल काता, छात्रा ४० केजी मुनि, ४५ केजी मुनि, ५० केजी मुनि र एकल काता, तेक्वान्दो छात्र ४५ केजी मुनि, ४८ केजी मुनि र ५२ केजी मुनि, छात्रा ४२ केजी मुनि, ४४ केजी मुनी र ४६ केजी मुनि रहेका छन् । त्यस्तै उसु तर्फ छात्र, छात्रा चेन्ज क्विन, नान क्विन र ताइजी क्विनका खेलहरु संचालन हुने छन् ।

 

आज एक कार्यक्रमका विच शिल्डको उद्घाटन गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमराज पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेलकुद मन्त्री दलजित शिर्पालीको प्रमुख तथा मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्थानिय विकास अधिकारी नरेन्द्रकुमार राना, जिल्ला शिक्षा अधिकारी पुर्णवहादुर अछामी, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो । हिमालय माविका प्रअ भिमवहादुर ओलीको स्वागत मन्तव्य रहेको उद््घाटन कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले गर्नुभएको थियो ।