• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

खेलकुदमा लागेको जाम हटदै छः खेलकुद मन्त्री शिर्पाली

image not found

मनिष खड्का

रुकुम ६, फागुन 

 

युवा तथा खेलकुद मन्त्री दलजित शिर्पालीले खेलकुदमा देखिएको जाम हटाएर खेलकुदलाई सहि ट्रयाकमा ल्याउन सफल भएको दाबी गरेका छन । रुकुममा नवौं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै मन्त्री शिर्पालीले ट्रयाक भन्दा बाहिर रहेको नेपालको खेलकुदलाई सहि बाटोमा ल्याउन आफु सफल भएको दाबी गरेका हुन् । ‘मैले मन्त्रालयको जिम्वेवारी सम्हाल्दा नेपालको खेलकुद बिना योजना चलिरहेको थियो मन्त्री शेर्पालीले भने–मैले जिम्वेवारी सम्हालेपछि म नेपालको खेलकुद विकासको गुरुयोजना निर्माणमा सक्रिय छु ।’ नेपालको खेलकुद अवसरवादीहरुको चंगुलमा फसिरहेको दाबी गर्दै मन्त्री शेर्पालीले आफ्नो संघर्ष त्यसका विरुद्धमा रहेको बताए । त्यस्तै उनले अवको १÷२ वर्षमै खेलकुदमा नेपालले ठुलो फड्को मार्ने दाबी पनि गरे । मन्त्री शिर्पालिले खेलाडीहरुलाई आजिवन भत्ताको व्यवस्था गर्नु सबैभन्दा ठुलो उपलब्धी भएको दाबी गरे । यसको कार्यान्वन भए सम्पुर्ण खेलाडीको मनोवल उच्च हुने र त्यसले देशको खेलकुद विकासमा सेतुको रुपमा काम गर्ने विश्वास पनि व्यक्त गरे । 

 

सबै माविमा खेल मैदान 

खेलकुद मन्त्री शिर्पालीले देशभरका सबै माविमा खेलमैदानको व्यवस्था गर्न मन्त्रालय लागि परेको बताए । खेलमैदानको अभावमा अहिले पनि धेरै विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आफ्नो खेल कौशललाई देखाउन नसकेको र यसले देशकै खेलकुद विकासमा बाधा पुर्याईरहेको भन्दै उनले भएका खेल मैदानको मर्मत गर्ने र नभएकामा छिट्टै खेलमैदान निर्माण गर्ने गरी काम भैरहेको बताए । त्यस्तै उनले देशभरमा निर्माणाधिन अवस्थामा रहेका रंगशाला तथा खेलमैदानको निर्माण कार्य सम्पन्न गर्नका लागि पनि आफु लागि परेको जानकारी दिए । आफुले मन्त्रालयको जिम्वेवारी सम्हालेपछि कुनैपनि राजनितिक विचारका आधारमा नभई सिंगो देशको खेलकुद मन्त्रीको रुपमा काम गरेको उनको भनाई छ ।