• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

रुकुममा पछिल्लो ३ वर्षमा आयोडिन युक्त नुनको आयात करिब ५० प्रतिशतले बढ्यो

image not found

सानीभेरी समाचार डेस्क

रुकुम ५, माघ

 

रुकुममा आयोडिनयुक्त नुनको प्रयोग बढेको छ । जिल्लामा आयोडिन युक्त नुनको आयात बढेसंगै आयोढिन युक्त नुन प्रयोग गर्नेको संख्यामा बृद्धि भएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय रुकुमले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि हाल सम्म करिब ५० प्रतिशतले आयोडिन युक्त नुनका उपभोक्ता बढेका छन् । 

 

डिपो कार्यालयले आर्थिक वर्ष २०७०/०७१ मा ४ हजार ५ सय क्विन्टल नुन बिक्री गरेको थियो भने आर्थिक वर्ष २०७१/०७२ मा ५ हजार १ सय क्विन्टल नुन विक्री गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ५ हजार ५ सय क्विन्टल नुन डिपो कार्यालयमा आएको थियो भने चालू आर्थिक बर्षको लागि ८ हजार ५ सय क्विन्टल नुन आउने डिपो कार्यालय प्रमुख पूर्णराज गौतमले जानकारी दिनुभयो । 

 

त्यस्तै पूर्वी गाविसका लागि छुट्टै ५ सय क्विन्टल आयोडिनयुक्त नुन यसैवर्ष जिल्ला आउने उहाँले बताउनुभयो । डिपो कार्यालय र पूर्वी क्षेत्रको लागि कुल ९ हजार क्विन्टल नुन यो बर्ष जिल्लाको कोटामा परेको छ । जसमध्य हालसम्म ३ हजार क्विन्टल नुन जिल्ला पुगिसकेको छ भने अरु नुन आउने क्रममा छ । 

 

पूर्वी क्षेत्रको लागि आउनुपर्ने ५ सय क्विन्टलमध्ये १ सय ७० क्विन्टल नुन जिल्लाको तकसेरामै पुगेर विक्री वितरण गरिएको डिपो प्रमुख गौतमको भनाई छ । गत आर्थिक बर्षमा अलि धेरै नुन विक्री भएपछि चालू आर्थिक बर्षदेखि जिल्लामा आउने नुनको कोटा थप गरिएको हो ।

 

जिल्लामा आयो नुनका प्रयोगकर्ताहरु बढेपनि जिल्लाको सबै ठाउमा भने आयोडिनयुक्त नुन पुग्न सकेको छैन । सरकारले ढुवानी भाडा व्यवस्था नगर्दा जिल्लाको तकसेरा बाहेक अन्य ठाउमा नुन लिएर विक्री गर्न सक्ने अवस्था नभएको डिपो प्रमुख गौतमले बताउनुभयो ।

 

सरकारले तकसेराको लागि मात्रै ढुवानी भाडाको व्यवस्था गरेको छ । सदरमुकाममा रहेको डिपो कार्यालय र तकसेरामा ढुवानी गरेर नुन विक्री भैरहेको छ । ढुवानीको व्यवस्था गर्न सके यो भन्दा धेरै नुन विक्री हुने डिपो प्रमुख गौतमको भनाई छ । 

 

क्याप्सन डिपो कार्यालयका लागि आएको आयोडिन युक्त नुन ओसार्दै कामदार ।