• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

कांग्रेस, माओवादी निर्वाचनको तयारीमा, एमाले सरकारी निर्णयको पर्खाईमा

image not found

सानीभेरी समाचार डेस्क

रुकुम ५, माघ

 

सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी थालेपछि रुकुममा सत्तारुढ कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचनको तयारी थालेका छन् । जेठमा निर्वाचन हुने हल्ला संगै सत्तारुढ २ दल कांग्रेस र माओवादी चुनावी प्रचार प्रसारमा सक्रिय भएका हुन् । त्यस्तै प्रतिपक्षि नेकपा एमाले भने सरकारी निर्णयको पर्खाईमा रहेको छ । 

 

उसले सरकारले चुनावको मिति घोषणा नगरेसम्म चुनावलाई लक्षित गरेर कुनैपनि गतिबिधि संचालन नगर्ने बताएको छ । स्थानिय तहको चुनवलाई लक्षित गर्दै नेपाली कांग्रेसले जिल्लाभर एक घर एक कार्यकर्ता र एक गाउँ एक नेता निर्माण अभियान थालेको जनाएको छ । 

 

चुनावमा बहुमत हाँसिल गरि पार्टीलाई २०४८/०४९ तिरको जस्तो जिल्लामा पहिलो बनाउने उद्ेश्यले अभियान थालिएको जिल्ला सभापति प्रेमप्रकास ओलीले जानकारी दिनुभयो । त्यस्तै कांग्रेसले चुनावलाई लक्षित गर्दै सोमबार र मंगलबार सदरमुकाममा जिल्ला स्तरिय अगुवा पार्टी कार्यकर्ता भेला पनि गरेको छ । 

 

सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रस्तावित स्थानिय तह पुनर्संचना अनुसार स्थानिय तहको निर्वाचनको तयारी थालेको छ । उसले जिल्लाका प्रस्तावित ३ नगरपालिका र ६ गाउँपालिकामा पार्टी कार्यकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । जसका लागि माओवादीले सबै नेताहरुलाई गाउँ पठाएको थियो । 

 

जिल्लामा अहिलेको पार्टीको साँखलाई जोगाई राख्न पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा लगाईएको जिल्ला संयोजक गोपाल शर्मा अनलले बताउनुभयो । २०६४ मा भएको पहिलो र २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा माओवादीले जिल्लाका २ ओटै निर्वाचन क्षेत्रमा जितेको थियो । 

 

पहिलो चरणमा प्रस्तावित ९ ओटा स्थानिय तहको पार्टी प्रशिक्षण, भेला तथा बैठक गरेको माओवादीले अहिले जिल्लाभरमा पार्टी सुधृढीकरण अभियान समेत संचालन गरिरहेको छ । सरकारले स्थानिय तहको चुनावको मिति घोषणा गर्ने बित्तिकै थप सक्रियताका साथ चुनावको तयारीमा लाग्ने संयोजक अनलले बताउनुभयो । 

 

संसदको दोस्रो ठुलो तथा प्रमुख प्रतिपक्षि दल नेकपा एमाले भने अहिले जिल्लामा त्यति सक्रिय छैन् । पार्टीका नियमित गतिविधि संचालन बाहेक निर्वाचनको भने कुनै तयारी नगरिएको जिल्ला अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो । पार्टीका नियमित बैठक, भेला चलिरहे पनि निर्वाचनका लागि भनेर छुट्टै कुनै तयारी नभएको पनुले बताउनुभयो ।

 

क्याप्सन प्रस्तावित रुकुम आठविसकोट नगरपालिकामा भएको माओवादी केन्द्रको पार्टी कार्यकर्ता भेला