• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

आज क्वाटरफाईनलका खेल हुने

image not found

सानीभेरी समाचार डेस्क

 

रुकुममा जारी दोस्रो जिविस कप महिला भलिबलमा आज क्वाटरफाईनलका खेलहरु हुने भएका छन । क्वाटरफाईनलको पहिलो खेल जाङ र चुनवाङ विचमा हुने छ । त्यस्तै दोस्रो खेल रुकुमकोट र कोल, तेस्रो खेल मुरु र पुर्तिमकाँडा तथा चौथो खेल मोरावाङ र महत विचमा हुने छ । 

 

४ ओटा खेलका विजेता सेमिफाईनलमा प्रवेश गर्ने छन भने पराजित हुने टीम प्रतियोगीताबाट बाहिरिने छन् । प्रतियोगीता आजै सम्पन्न गर्ने आयोजक समृद्ध समाज नेपाल रुकुमले तयारी गरेको छ । जिल्लाको महिला भलिबल विकासको लागि प्रतियोगीता आयोजना गरिएको समृद्ध समाजका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । 

 

प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने समुहले कप, मेडल र प्रमाणपत्र सहित ३५ हजार प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने समुहले कप, मेडल र प्रमाणपत्र सहित २० हजार प्राप्त गर्ने छ भने सेमिफइनलबाट बाहिरिने २ टिमलाई मेडल र प्रमाण पत्र सहित १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

त्यस्तै प्रतियोगीताको बेष्ट प्लेरलाई नगत ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ भने बेष्ट स्पाइकर, बेस्ट लिप्टर, बेष्ट ब्लकर, बेष्ट डिफेण्डर र बेष्ट सरर्भरलाई नगत १५ सय सहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगीताबाट २४ जना खेलाडी छनौट गरी प्रशिक्षण समेत दिइने छ ।