• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

महिला यात्रुलाई जबर्जस्ती विमानबाट निकालेको भन्दै १० लाख जरीवाना

काठमाडौं वैशाख ३१ – भारतको उच्च अदालतले एक महिलालाई विमानबाट जबर्जस्ती निकालेको भन्दै विमान कम्पनीलाई १० लाख जरीवाना तिर्न आदेश दिएको छ । सन् २०१२ मा एयरलाइन कम्पनी स्पाइसजेटले जिजी घोस नाम गरेकी महिला यात्रीलाई सेरेब्रल पाल्सी भएको भन्दै विमानबाट निकालेका थिए ।

 

सेरेब्रल पाल्सी मस्तिष्क सम्बन्धी विकार हो । यो विकार विकसित भएपछि मस्तिष्कले काम गर्न छाड्छ । विमानमा चढिसकेकी घोसलाई संवेदनहीन तरिकाले निकालेको भन्दै १० लाख जरिवानाको सजाय सुनाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

 

विमानबाट अपमान जनक रुपमा निकाल्दा घोसलाई परेको मानसिक र शारीरिक समस्याको क्षतिपूर्ति तिर्न अदालतले आदेश दिएको हो । कोलकत्ताको इन्डियन इन्टिच्यूट अफ सेरेब्रल पाल्सीमा शिक्षिका रहेकी ४६ वर्षकी घोसले धेरैजसो हवाइ यात्रा आफु एक्लैले गर्ने गरेको बताउनुभयो ।

 

तर कोलकत्ताबाट गोवा उड्न लागेको स्पाइसजेटको एउटा विमानको पाइलटले उनलाई उडान भर्ने क्षमता नभएको भन्दै निकालेका थिए । एयरलाइन्सले सन् २०१२ मै घोसलाई भएको असुविधाको लागि माफी पनि मागेको थियो । तर पनि अदालतले जरिवाना तिर्न आदेश दिएको हो ।