• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

दोस्रो जिविस कप महिला भलिवल सुरु

image not found

सानीभेरी समाचार डेस्क

रुकुम २, फागुन

 

दोस्रो जिविस कप महिला भलिवल प्रतियोगीता सुरु भएको छ । रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य र स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाले प्रतियोगीताको उद्घाटन गर्नुभयो । जिल्लाको महिला भलिबलको विकासका लागि समृद्ध समाज नेपाल रुकुमले प्रतियोगीता आयोजना गरेको हो । मुसिकोट खलंगाको बराहाटाकुरा टुँडिखेलमा ४ गते सम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका १२ ओटा भलिवल समुहले प्रतिस्पार्धा गर्ने आयोजक संस्थाका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने समुहले कप, मेडल र प्रमाणपत्र सहित ३५ हजार प्राप्त गर्ने छ ।

 

त्यस्तै दोस्रो हुने समुहले कप, मेडल र प्रमाणपत्र सहित २० हजार प्राप्त गर्ने छ भने सेमिफइनलबाट बाहिरिने २ टिमलाई मेडल र प्रमाण पत्र सहित १०/१० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगीताको बेष्ट प्लेरलाई नगत ३ हजार र प्रमाणपत्र प्रदान गरिने छ भने बेष्ट स्पाइकर, बेस्ट लिप्टर, बेष्ट ब्लकर, बेष्ट डिफेण्डर र बेष्ट सरर्भरलाई नगत १५ सय सहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगीताबाट २४ जना खेलाडी छनौट गरी प्रशिक्षण समेत दिइने छ । प्रतियोगीताको मुख्य प्रायोजक जिल्ला विकास समिति हो भने मौला कालिका कन्ट्रक्शन प्रालि वेदगाउँ नवलपरासि सह प्रायोजक हो ।

 

प्रतियोगितालाई राप्ती ट्रेडर्स एण्ड सप्लायर्स (महिन्द्रा अर्जुन ट्याक्टर)को पनि सहयोग रहेको आयोजकले बताएको छ । 

 

रुकुमकोटको विजय सुरुवात

प्रतियोगीतामा रुकुमकोटले विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो उद्घाटन खेलमा रुकुमकोटले पिपललाई हराउँदै विजय सुरुवात गरेको हो । सि पोल अन्तरगतको खेलमा रुकुमकोट विजयी भएको आयोजकले जनाएको छ । प्रतियोगीतामा सहभागी १२ समुहलाई ४ ओटा पोलमा विभाजन गरिएको छ ।