• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

लखेर राख्नुहोस स्थानिय तहको संख्या बढी भयो भन्ने आवाज उठ्छः अध्यक्ष पौडेल

image not found

सानीभेरी समाचार डेस्क

रुकुम २, फागुन 

 

स्थानिय तह पुनर्संचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले तोकेको स्थानिय तहको संख्या प्रयाप्त भएको बताएका छन् । देशैभरबाट स्थानिय तहको संख्या बढाउनुपर्ने आवाज उठिरहेका बेला आयोगकका अध्यक्ष पौडेलले भने अहिलेको संख्या प्रयाप्त भएको बताएका हुन् । ‘आयोगलाई स्थानिय तहको संख्या बढाएर पठाउन कुनै समस्या छैन, रुकुम सदरमुकाम मुसिकोटमा सोमबार भएको स्थानिय तह पुनर्संचना विषयक अन्तरक्रियामा उनले भने–तर देशले त्यसलाई थेग्न सक्छ कि सक्दैन भन्ने मुख्य कुरा हो ।’ अहिले स्थानिय तहको संख्या बढाउनुपर्ने आवाज उठिरहेपनि कालान्तरमा भने यसको संख्या घटाउनका लागि आवाज उठ्ने उनले दाबी गरे । ‘स्थानिय तहको संख्या बढाउँने विषयमा आयोगले किन हट लिएको भनि सोधिएको प्रश्नमा जवाफ दिदैं अध्यक्ष पौडेलले भने–तपाईहरु लेखेर राख्नुहोस अहिलेको संख्या बढाउनुपर्ने आवाज भोली संख्या घटाउनु पु¥यो भन्नेमा परिणत हुने छ ।’ 

 

संविधान अनुसार आयोगले स्थानिय तहको संख्या तोकेको हो 

अध्यक्ष पौडेलले संविधान अनुसार नै स्थानिय तह पुनर्संरचना गरिएको स्पस्ट पारेका छन् । स्थानिय तहको संख्या आयोगले कसरी तोक्यो भन्ने जिज्ञाशा देशैभरबाट आईरहेको भन्दै उनले संविधानले गरेका विभिन्न व्यवस्थाका आधारमा आयोगले काम गरेको बताए । ‘संविधानले देशको वस्तु स्थितिमा आधारित रहेर काम गर भनेको छ उनले भने–हामीले संविधानमै टेकेर स्थानिय तहको संख्या तोकेका हौं ।’ अध्यक्ष पौडेलले स्थानिय तहको संख्या अहिलेको तोकिएको ७ सय १९ भन्दा बढी भएपनि आयोगलाई कुनै आपत्ती नहुने बताए । ‘हामीले जतिपनि संख्या तोकेर सरकारलाई प्रतिवेदन बुझाउन सक्थ्यौ उनले थपे–तर संविधानले दिएको मापदण्ड अनुसार जादा देशभरमा ७ सय १९ स्थानिय तह बनाउन प्रस्ताव गरेका हौं ।’ 

 

राजनितिक दलनै चाहेका छैनन् गाउँमा सेवा पुगोस

स्थानिय तह पुनर्संचना आयोगका अध्यक्ष पौडेलेल केही राजनितिक दलले नै केन्द्रबाट प्रदान हुने सेवा सुविधा गाउँमा पुगोस भन्ने नचाहेको आरोप लगाएका छन् । अहिले आयोगले प्रस्ताव गरेको संख्यामा अड्को थाप्ने र गाउँबाटै प्रदान गरिने सेवालाई केन्द्र वा प्रदेशमा ल्याउने षडयन्त्र भैरहेको उनको आरोप छ । ‘पुरानै मानसिकताले काम गरेका कारण नेताहरु एकैचोटी केन्द्रबाट प्रदान हुने सेवा सुविधा गाउँबाटै प्रदान गर्न राजि छैनन् उनले भने–घुमाउरो पारामा नेताहरु आयोगलाई देखाएर आफ्नो इच्छामा खेलिरहेका छन् ।’

 

केन्द्रका विषयमा झगडा नगर्नुहोस 

स्थानिय तह पुनर्संचना आयोगका सदस्य डोरमणि पौडेलले स्थानिय तहको केन्द्रका विषयमा झगडा नगर्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागी पौडेलले अहिले देशभरमा केन्द्रका विषयमा भैरहेको आन्दोलनको कुनै तुक नरहेको बताए । ‘आयोगले गाउँपालिकाको केन्द्र प्रस्ताव मात्र गरेको छ यो अन्तिम होईन पौडेलले भने–अन्तिम निर्णय नभएको कुरामा किन आन्दोलन गर्नुहुन्छ ।’ स्थानिय तहको निर्वाचन पछिको गाउँ तथा नगरपरिषदले केन्द्रका विषयमा निर्णय गर्ने उनको भनाई छ ।