• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमासाथि सँग मनका कुरा

ताजा अपडेट :

समाचार

स्थानिय निकायमा काम गर्ने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक

सानीभेरी समाचार डेस्क

 

रुकुमका स्थानिय निकायमा कार्यरत कर्मचारीले आज देखि स्थानिय निकायका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएतका छन् । स्थानिय निकाय अन्तरगतका जिल्ला विकास समिति, नगरपालिका र गाविसका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाईएको हो । 

 

स्थानिय तह पुनर्संचनाका क्रममा स्थानिय निकायका कर्मचारीहरुलाई सम्मानजनक रुपमा समायोजनको माग गर्दै उनिहरुले आन्दोलन थालेका हुन् । चरणबद्ध आन्दोलनका कार्यक्रम संचालन गरिरहेका कर्मचारीहरुले आज स्थानिय निकायका कार्यालयमा तालाबन्दी गर्दै कर्मचारी प्रवेशमा रोक लगाएका हुन् ।

 

कर्मचारीको आन्दोलनका कारण सेवा ग्राही मर्कामा परेका छन् ।