• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

विभिन्न १६ वटा सडकका लागि थप ७ करोड २० लाख बजेट

image not found

सानीभेरी समाचार डेस्क ।

 

रुकुम जिल्लाका विभिन्न १६ वटा सडकका लागि थप बजेट आएको छ । रुकुम १ नम्वर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद तथा पूर्व आपुर्ति मन्त्री गणेशमान पुनको विशेष पहलमा अर्थ मन्त्रालयबाट १६ वटा सडकको लागि ७ करोड २० लाख रकम थपिएर आएको हो । चालू आर्थिक बर्ष भित्रै काम सक्ने अख्तियारी सहित उक्त बजेट आएको हो । 

 

पीपल–पोखरा–नायगाड–सिस्ने–डोल्पा सडकका लागि ७० लाख, क्यूवाङचौर, कोल–राङसी–जामाबगर सडकमा ५० लाख, गर्पाधुरी–चुनवाङ–रोल्पा सडकका लागि ५० लाख, सेरीगाउँ–कोलटाकुरा–छेरा सडकको लागि ४० लाख, रिम्ना–गाराघाट–पीपलपोखरा–नायगाड डोल्पा सडकमा ५० लाख, फलामेगौंडा–प्वाङ सडकमा ५० लाख, रावलबारा–डिग्रे–ठूली दह–गर्पाधुरी सडकमा ४० लाख र पैराटा–पेउघा–मान्टुरा सडकमा ३० लाख बजेट थपिएर आएको छ ।

 

यस्तै शितलपोखरी–झुल्खेत–चुनबाङ सडकमा ५० लाख, रातापहर–भलाक्चा–झुल्खेत सडकमा ४० लाख, धौलापैरा–काँडा–साकिम सडक ४० लाख, जामाबगर–राङसी गाविस सडकमा ४० लाख, झुल्नेटा–भेरीपोखरा–नुवाकोट–खागल सडकमा ५० लाख, सिसाघारी–सिमा सडकमा ४० लाख, धाउनेबगर–रुकुमकोट सडकमा ४० लाख, सिम्रुतु–रुँघा–तलिगाउँ–चुनबाङ सडकमा ४० लाख बजेट थपिएको सांसद तथा पूर्व आपूर्ति मन्त्री गणेशमान पुनले बताउनुभयो । 

 

२५ ओटा सडकका लागि बजेट माग गरेपनि १६ ओटा सडकका लागि बजेट प्राप्त भएको उहाँको भनाई छ । अधुरा सडक पूरा गर्न निर्माणाधिन सडकमा बजेट थपिएको भन्दै सांसद पुनले बजेटको सही ठाउ“ र सहि समयमा खर्च हुनुपर्ने बताउनुभयो । बजेट आएको सन्दर्भमा सबैको ध्यान गुणस्तरीय विकासमा जानुपर्ने भन्दै उहाँले सबैको सहयोग र समन्वयबाट मात्रै विकासले पूर्णता पाउने उल्लेख गर्नुभयो । 

 

‘हामी जनप्रतिनिधिले माथीबाट सकेको गर्ने हो, उहाँले भन्नुभयो–कार्यान्वयन तहका कार्यालय र सर्वसाधारणले त्यसको सही कार्यान्वय गरेको खण्डमा विकासले गति पाउँछ ।’ सबै आयोजनाका लागि लागि आधा बजेट निकासा भैसकेको र बाँकी बजेट कार्यप्रगतिका आधारमा निकासा हुने बताईएको छ ।