• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमका १३८ ओटा विद्यालयमा विद्यालय सरसफाई कार्यक्रम लागु हुने

मनिष खड्का 

बैशाख, रुकुम । 

 

रुकुमका १ सय ३८ ओटा विद्यालयमा विद्यालय सरसफाई कार्यक्रम लागु हुने भएको छ । विश्व खाद्य कार्यक्रमसंगको साझेदारीमा एकिकृत विकास समाज नेपालले पौष्टिक आहार कार्यक्रम लागु भएका जिल्लाका १ सय ३८ ओटा प्राथमिक विद्यालयमा कार्यक्रम संचालन गर्न लागेको हो । 

 

विद्यालय स्तरमा सरसफाई सम्वन्धी विभिन्न ज्ञान अभिवृद्धी गर्ने उदेश्यले जिल्लाका २४ गाविसका विद्यालयमा उक्त कार्यक्रम संचालन हुन लागेको एकिकृत विकास समाज नेपालका समन्वयकर्ता जगननाथ भुर्तेलले जानकारी दिनुभयो । कार्यक्रम लागु हुने विद्यालयमा विशेष गरी सरसफाई सम्वन्धी चेतना अभिबृद्धीका कृयाकलाप संचालन हुने उहाँले बताउनुभयो । 

 

भोलीको स्वस्थ समाजका लागी आज वालवालिकामा लगानी गर्न जुरुरी रहेको भन्दै प्राथमिक तहमा अध्यनरत वालवालिकालाई विभिन्न चेतना फैलाई सरसफाईमा अग्रसर बनाउने कार्यक्रमको मुख्य लक्ष रहेको समन्वय कर्ता भुर्तेलको भनाई छ । जिल्लामा जिल्ला शिक्षा कार्यालय, शिक्षाका लागी खाद्य कार्यक्रम लगाएतसंग सहकार्य गर्दै कार्यक्रम संचालन गरिने छ ।  

 

यस कार्यक्रमको अवधी ८ महिनाको हुने बताईएको छ । कार्यक्रम संचालनका विषयमा आज जिल्ला स्थित सरोकारवालाहरुसंग छलफल समेत गरिएको छ । जिल्ला शिक्षा अधिकारी रामलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । 

 

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख दिनेश अधिकारीको विशेष आतिथ्यता रहेको थियो । खलंगाको शिशिर वसन्त भ्युमा संचालित कार्यक्रममा राजनितिक दल, सरसफाईसंग सम्वद्ध विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमको संचालन एकिकृत विकास समाज नेपालका जिल्ला अधिकृत झनक प्रसाद जोशीले गर्नुभएको थियो ।।