• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कतारमा एक रुकुमेलीको मृत्यु

सानीभेरी समाचार डेस्क 

रुकुम १५, माघ ।

 

वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । 

 

शुक्रबार साँझ कामबाट आइ खाना खाएर सुतेका बुढढा आज बिहान मृत अवस्थामा फेला परेको मृतक बुढाका साथी टेकचन्द्र थापाले जानकारी दिनुभयो । 

 

बुढा गत असारमा रोजगारीको लागि कतार जानुभएको थियो । मृत्यकको शवलाई नेपाल ल्याउन पहल गरिदिन मृतकको परिवारले आग्रह गरेको छ ।