• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

घर भत्किदा च्यापिएर बालकको मृत्यु

सानीभेरी समाचार डेस्क 

रुकुम १५, माघ ।

 

रुकुमको भलाक्चामा घर भत्किदा च्यापिएर एक वालकको मृत्यु भएको छ । भलाक्चा ९ लहुँका दलवहादुर परियारको घर भत्किदा उहाँका छोरा ६ वर्षिय विरवहादुर परियारको घरले च्यापिएर मृत्यु भएको हो । 

 

घरको पछाडी पट्टीको एक साइट पुरै भत्किदा आँगनमा खेल्दै गरेका विरवहादुरको च्यापिएर मृत्यु भएको स्थानिय विरवहादुर पुनले जानकारी दिनुभयो । टाउको र छातीमा गहिरो चोट लागेका बिरवहादुरको घटना स्थलमै मृत्यु भएको हो । 

 

यसअघि चिरा परेको घर आज आज मध्यान्ह १२ बजेको समयमा घर भत्किएको बताईएको छ । मृतक बालक स्थानिय विद्यालयमा कक्षा एकमा अध्यनरत थिए ।