• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

स्थानिय तह निर्वाचनको तयारी स्वरुप माओवादी केन्द्र गाउँ पस्यो

image not found

सानीभेरी समाचार डेस्क ।

 

आसन्न स्थानिय तह निर्वाचनको तयारी स्वरुप नेकपा माओवादी केन्द्र रुकुम गाउँ पसेको छ । सरकारले स्थानिय तहको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने तयारी थालेपछि माओवादी केन्द्रले आफ्ना गतिविधिलाई गाउँ गाउँसम्म पु¥याउने गरी गाउँमुखी अभियान थालेको हो ।  

 

उसले जिल्लाका स्थानिय तह पुनर्संचनाका क्रममा प्रस्ताव गरिएका नगर तथा गाउँपालिकालाई आधार बनाएर पार्टी प्रशिक्षण र बैठकहरुलाई तिर्वता दिएको छ । 

 

जिल्लाका प्रस्तावित तीन नगरपालिका र छ गाउँपालिका मध्ये अहिले सम्म दुइ नगरपालिका र ५ गाउपालिकामा प्रशिक्षण तथा बैठक सम्पन्न गरिसकेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज तेजवहादुर ओली प्रतिकले जानकारी दिनुभयो । 

 

अभियान अन्तरगत जिल्लाको प्रस्तावित भुम्या गाउँपालिकाको पार्टी प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । हिजो र आज गरी दुइ दिनसम्म महतमा चलेको प्रशिक्षण तथा बैठक आसन्न स्थानिय तहको निर्वाचनको तयारीमा केन्द्रीय भएको जिल्ला इन्चार्ज प्रतिकले बताउनुभयो । 

 

कार्यक्रममा पार्टी कार्यकर्ताहरुलाई जिल्ला इन्चार्ज प्रतिक, राष्ट्रिय महाधिवेशन सदस्य तथा जिल्ला संयोजक गोपाल शर्मा अनल, राष्ट्रिय महाधिवेशन सदस्य रामसुर बुढा विरता लगाएतले स्थानिय तहको निर्वाचन, यसमा पार्टीको तयारी, कार्यकर्ताको भुमिका, समसायिक राजनितिक अवस्था, पार्टीको जिल्ला सम्मेलन लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।   

 

घेघवहादुर श्रेष्ठ महेशको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गजेन्द्रबहादुर ओली कैलाशले गर्नुभएको थियो । कार्यक्रममा २ सय ५० वढी पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । अव प्रस्तावित पुथा–उत्तरगंगा गाउँपालिका र मुसिकोट नगरपालिकाको प्रशिक्षण तथा बैठक संचालन हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

फोटोः नेकपा माओवादी केन्द्रले संचालन गरेको जिल्लाको प्रस्तावित सिस्ने गाउँपालिकाको पार्टी प्रशिक्षण कार्यक्रम