• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

रुकुममा सुन्तला उत्पादन बढ्यो

image not found

मनिष खड्का/रेडियो सानीभेरी 

रुकुम १५ माघ ।

रुकुममा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष १.०१ प्रतिशतले सुन्तलाको उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सुन्तला खेति योग्य कुल १ सय ७२ हेक्टर क्षेत्रफलमा यो वर्ष १६ सय ८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष यति नै क्षेत्रफलमा १५ सय ९२ मेट्रिकटन सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मिनवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा यो वर्ष २ करोड ८९ लाख ४४ हजार मुल्य बराबरको सुन्तला बिक्रि भएको छ । गत वर्ष २ करोड ८६ लाख ५६ हजार बराबरको सुन्ताला बिक्रि भएको थियो । 

 

मौसमले साथ दिएका कारण उत्पादनमा वृद्धि

यो वर्ष समयमै पानी परेका कारण सुन्तला उत्पादनमा बृद्धि भएको हो । त्यस्तै प्राविधिक सेवा लिने किसानहरुको संख्या बढेका कारण पनि जिल्लामा सुन्तलाको उत्पादन बढेको प्राविधिक सहायक केसीले बताउनुभयो । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका स्यालापाखा र चौखावाङ गाविसलाई मुख्य तथा मुरु, घेत्मा, आठविसडाँडागाउँ, खारा, भलाक्चा लगाएतलाई सहायक पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ ।

 

आधा सुन्ताला विक्रि हुँदैन 

जिल्लामा उत्पादन हुने करिब आधा सुन्तला किसान आफैले प्रयोग गर्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यो वर्ष उत्पादन भएको १६ सय ८ मेट्रिकटन सुन्तला मध्ये ९ सय ६४.८ मेट्रिकटन सुन्ताला मात्र बिक्रि भएको प्राविधिक सहायक केसीको भनाई छ । गत वर्षपनि करिब आधा मात्र सुन्तलाको कारोवार भएको थियो । गतवर्ष उत्पादन भएको १५ सय ९२ मेट्रिकटन सुन्तला मध्ये ९ सय ५५.२ मेट्रिकटन सुन्तला मात्र विक्रि भएको थियो ।

फोटोः सदरमुकाममा सुन्तला विक्रि गर्दै महिलाहरु