• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

लेकमा हिमपात बेसीमा बर्षा/जनजिवन प्रभावित

image not found

सानीभेरी समाचार डेस्क । 

रुकुममा आज विहानैदेखि लेकाली क्षेत्रमा हिमपात भएको छ भने बेसीतिर बर्षा भएको छ । यसरी जिल्लाभर बर्षा भएको यो हिउ“दमा पहिलो पटक हो । यस अघि गत पुस महिनामा जिल्लाका लेकाली क्षेत्रमा हिमपात भएको थियो भने केही ठाउ“मा मात्रै हल्का बर्षा भएको थियो । 

 

हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात र बर्षा स“गस“गै भएपछि लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ । चिसोका कारण सर्वसाधारणलाई दैनिक काम काज गर्न समेत असहजता उत्पन्न भएको छ । 

 

सिस्ने, गोतामकोट, स्यालाखदी रन्मामैकोट, हुकाम, तकसेरा, का“क्री, महत, कोल, राङसी लगायतका गाविसहरुमा बाक्लो हिमपात भएको छ । यसैविच बर्षाको कारण किसान खुशी भएका छन् । हिउ“दमा पर्याप्त पानी नपरेपछि निरास भएका किसान आजको बर्षाले खुशी भएका हुन् । 

 

विशेष गरी सिचाइ नहुने क्षेत्रमा लगाइएको गहु“ बालीको लागि पानी आवश्यक थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लाको ११ हजार ५ सय हेक्टरमा गहु“ बाली लगाइएको छ । जसमध्ये ३ हजार ५ सय ६२ हेक्टर मात्रै सिंचित क्षेत्र हो । 

 

बरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागा“ईले आकाशे पानीको आशामा गरिएको गहु“ खेतीका लागि आज भएको बर्षाले ठूलो राहत भएको छ । यो बर्षाको कारण गहु“को उत्पादन बढ्न सक्ने उहाँले बताउनुभयो । 

फाईल फोटो