• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

समाचार

सविनको हिरोइन बन्दै अशिष्मा, ‘राधे’मा पनि जम्न सक्छ निखिलसँग जोडी

image not found

नायक सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘हिरो’का लागि नायिका अशिष्मा नकर्मी अनुवन्धित भएकी छिन् । नायक तथा प्रस्तुतकर्ता सविनले यो कुराको पुष्टी गरेका छन् । अशिष्माको अनुहारमा गाउँकी यूवतीको झझल्को आउने भएपछि सविनले पक्का गरिएको बताए । चलचित्रमा अशिष्मा सरोज खनालकी छोरीको भूमिकामा देखिदैछिन् ।

 

चलचित्रको असफलता र कामको कम चर्चाले पनि अशिष्मालाई कुनै फरक पारेको छैन । ‘अन्तराल, अधकट्टी’ जस्ता चलचित्र असफल हुनु, ‘बाटो मुनिको फूल २’ चल्दा ऋचाको कामको तारिफ हुनुले पनि अशिष्माको व्यस्तता कम भएको छैन ।

 

यता, निर्माता सुशिल पोख्रेलले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘राधे’मा पनि अशिष्माले काम गर्ने वुझिएको छ । अशिष्माले अनलाइनखबरसँग भनिन्(‘यो चलचित्रमा २ नायिकामध्ये एकमा मैले काम गर्ने पक्का भन्नु भएको छ । तर, संझौता भैसकेको छैन ।’

 

अशिष्मा पनि संझौता नभएसम्म चलचित्रमा हुने वा नहुने कुरामा विश्वस्त हुन नसक्ने भएकाले आफू मौन बसेको बताउँछिन् । निर्माता सुशिल पोख्रेलको यो चलचित्रमा अर्की नायिका भने नयाँ खोजिएको छ । चलचित्र ‘राधे’मा निखिल उप्रेतीले काम गर्ने चर्चा छ । यी दुबै ब्यानरमा काम गर्दा आफूलाई चलचित्र क्षेत्रमा ‘लक’ लागेन भन्दै आएकी अशिष्मालाई फाइदा हुने पक्का छ ।