• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

अयोग्य पुर्व लडाकु मीरा राई बनिन् ‘साहसी वर्ष व्यक्ति’

image not found

सानीभेरी समाचार डेस्क । 

विश्व प्रसिद्ध नेशनल जियोग्राफीक च्यानलले नेपाली अल्ट्रा धाविका मीरा राईलाई ‘एड्भेन्चर्स अफ द इयर’ मा विजयी भएको घोषणा गरेको छ।

 

अनलाइन भोटिङको आधारमा नेशनल ज्योग्राफिको वर्षकै साहसी व्यक्तिको सूचीमा मीरा पहिलो नम्बरमा परेकी थिइन। राईसहित विश्वका १० जना साहसी खेलाडीहरु अवार्डको मनोनयनमा परेका थिए।

 

विजेता छान्नको लागि नेशनल ज्योग्राफि च्यानलले आफ्नो वेबसाइटमार्फत् गत नोभेम्बर ३ देखि डिसेम्बर १६ सम्म भोट हाल्ने व्यवस्था गरेको थियो।

 

मीरालाई वीजयी बनाउन अनलाइन भोटिङ अभियान नै सञ्चालन गरिएको थियो। हङकङमा खेल पत्रकार मगेन्द्र राईको संयोजनमा मीरालाई अनलाइन भोटिङ गर्ने अभियान सञ्चालन गरिएको थियो भने नेपालमा काठमाडौँ र धरानमा पनि त्यस्तो अभियान चलाइएको थियो।