• अहिले तरंगमाविज्ञापन र सन्देश
  • केहि छिनमाप्रदेश न्युज (प्रदेश एफ एम नेटर्वक)

ताजा अपडेट :

समाचार

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

image not found

सानीभेरी समाचार डेस्क ।

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा ४–३ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो ।

 

अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो । रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो । डानिलोको आत्मघाती गोलबाट सेल्टाले पहिलो हाफमा १–० को अग्रता लियो ।

 

६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । पाँच मिनेट बाँकी हुँदा घरेलु टोली सेल्टाका लागि ड्यानिएल वासले गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा लुकास वाजक्वेजले रियल मड्रिडका लागि बराबरी गोल त फर्काए तर त्यो जितका लागि पर्याप्त भएन ।