• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाँफिकोटमा धार्मीक सप्ताह हुने

सानीभेरी समाचार डेस्क,

माघ ११ मुसिकोट,

रुकुमको बाँफिकोट ६ काँडामा संस्कृति प्रर्वद्धन मेला तथा धार्मीक सप्ताह हुने भएको छ । धार्मीक, साँस्कृतिक तथा पर्यटनको विकासका लागि बुढुमष्ट क्षेत्र विकास कोषको आयोजनामा पहिलो पटक सप्ताह संचालन लागेको हो । 

 

“हाम्रो धर्म हाम्रो संस्कृति, यसैमा रमाउँछ रुकुमको प्रकृति” भन्ने नाराका साथ यहि माघ १९ देखि २५ गतेसम्म सप्ताह हुन लागेको आयोजकले बताएको छ ।

 

बाँफिकोट ६ काँडाको बुराल मष्ट मन्दीर परिसरमा ७ दिनसम्म सप्ताह संचालन हुने छ । उक्त सप्ताहमा रुकुमकै स्रोत साधन प्रयोग गर्ने तथा जिल्लाका विभिन्न किसिमका संस्कृति झल्कीने खालका नृत्य र झाँकिहरु प्रदर्शन गरीने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । 

 

सप्ताह मार्फत जिल्लाको पर्यटन तथा संस्कृतिको प्रवद्र्धनका लागि महत्वपुर्ण टेवा पुग्ने सप्ताह आयोजक मुल समारोह समितिका उपाध्यक्ष गोपाल केसीले जानकारी दिनुभयो । 

 

सप्ताह संचालनका लागी तयारी करिब अन्तीम चरणमा पुगेको कार्यक्रममा जानकारी गराईएको छ । जस अन्तरगत वत्ती निर्माण, तारणडोरी निर्माण, बाटो निर्माण सरसफाई, प्रचार प्रसार र आर्थीक संकलनको काम पुरा भैसकेको छ ।

 

त्यस्तै अन्य तयारीको कामपनि भैरहेको बताईएको छ । एक लाख भन्दावढी भक्तजनहरुको सहभागीता रहने सप्ताह करिब १५ लाखमा सम्पन्न गर्ने आयोजकले जनाएको छ । भोलीदेखि जिल्लाका प्रमुख वजारहरुमा प्रचार प्रशारका लागी निस्कने पनि बताईएको छ । 

 

सप्ताहको वाचन संस्कृत विश्व विद्यालय दाङका प्राध्यापक लक्ष्मीप्रदाद न्यौपाने र स्वर्गद्धारी मन्दीर प्युठानका प्रमुख श्रीधर रिजालले गर्नुहुने छ ।

 

मुल समारोह समितिका कार्यवाहक अध्यक्ष विद्यापती रिजालको अध्यक्षतामा भएको पत्रकार सम्मेलमा उपाध्यक्ष गोपाल केसीले सप्ताह संचालनको उदेश्यबारेमा जानकारी गराउनुभएको थियो । जिल्ला विकास समितिको हलमा भएको पत्रकार सम्मेलनको संचालन सचिव राम प्रसाद केसीले गर्नुभएको थियो ।