• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

समाचार

जिल्ला विकास समिति रुकुमले विकासे योजनाको अनुगमन थाल्यो

image not found

सानीभेरी समाचार डेस्क

माघ १० मुसिकोट,

जिल्ला स्तरिय सुपरिवेक्षण तथा अनुगमन समितिले आजदेखि विकासे आयोजनाहरुको अनुगमन सुरु गरेको छ । जिल्ला विकास समिति लगाएत विभिन्न विषयगत कार्यालयहरुबाट संचालन भएका विभिन्न कार्यक्रमहरुको आजदेखि अनुगमन सुरु गरिएको हो ।

 

राजनितिक दल, विषगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, लगाएतको सहभागीतामा सुरु गरिएको संयुक्त अनुगमन कार्यक्रम यहि माघ १६ गते सम्म संचालन हुने छ । अनुगमन टोलीले आज पहिलो दिन छिवाङ र भलाक्चाा गाविसमा संचालन भएका विभिन्न कार्यक्रमहरुको अनुगमन गरेको छ ।

 

अनुगमन टोलीले शिक्षा, कृषि, पशुसेवा, खानेपानी, महिला तथा बालवालिका लगाएतका क्षेत्रमा भएका क्षेमता विकास भौतिक निर्माण, आयअर्जन जस्ता कार्यक्रमको सकारात्मक प्रभाबबारे जानकारी लिने गरेको छ । साथै समुदाय स्तरमा आगामी दिनमा कस्ता कार्यक्रम संचालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा समेत सुझाब संकलन गर्ने गरेको छ ।

 

टोलीले मुरु, पुर्तिमकाँडा, सिम्रुतु, पेउघा, भलाक्चा, सिम्ली, चौरजहारी, कोटजाहारी, खोलागाउँ, नुवाकोट, गरायला, छिवाङ, खारा, अर्मा, मुसिकोट नगरपालिका लगाएतका गाविसमा अनुगमन गर्ने छ । 

 

जिल्ला विकास समिति रुकुमका योजना अनुगमन तथा प्रशासकिय अधिकृत नारायन चापागाइको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला स्थित राजनितिक दलका प्रमुखहरु, विषगत कार्यालयका प्रमुखहरु, पत्रकार लगाएतको सहभागीता रहेको छ ।